Close sidebar
  • ताजा
  • लोकप्रिय
  • नेपालगञ्जमा निषेधाज्ञा जारी

    १९ असोज, बाँके । सामाजिक सञ्जालमा लेखिएको विषयमा विवाद उत्पन्न भएपछि बाँकेको नेपालगञ्जमा जारी गरिएको निषेधाज्ञालाई निरन्तरता दिइएको छ ।

    जिल्ला प्रशासन कार्यालय बाँकेले आज एक सूचना जारी गर्दै सामाजिक सञ्जालमा लेखिएको विषयलाई लिएर उत्पन्न विवादका कारण शुक्रबार बिहान ६ बजेदेखि राति ८ बजेसम्म नेपालगञ्ज उपमहानगरपालिका क्षेत्रभित्र निषेधाज्ञा जारी गरिएको छ ।

    Advertisement

    प्रशासन कार्यालयले जारी गरेको सूचनामा नेपालगन्ज उपमहानगर (पूर्वमा राप्ती नदी पुल, पश्चिममा खजुरा रोडको इन्द्रपुर जाने बाटो, उत्तरमा राँझा चोक र दक्षिणमा जमुनाहा सीमा नाका)का चार किल्लाभित्र कुनै प्रकारको भेला, जुलुस, सभा, बैठक वा प्रदर्शन वा पोस्टर, पर्चाजस्ता प्रचार सामाग्री टाँस्न वा लेख नपाइने गरी तथा हुलदङ्गा वा अशान्ति गर्ने उद्देश्यले एकै ठाउँमा पाँच जना भन्दा बढी मानिस जम्मा हुन नपाउने उल्लेख गरिएको छ ।

    सुरक्षाका हिसाबले नेपालगञ्जमा हुन सक्ने विवादलाई मध्यनजर गर्दै नेपालगञ्जका विभिन्न स्थान र चोकहरुमा प्रशासनले बाक्लो रुपमा प्रहरी तैनाथ गरेको छ । यति बेला नेपालगञ्जवासी त्रशित छन । सामाजिक सञ्जाल मार्फत लगातार मिथ्या सूचना फैलाउने प्रयास जारी नै छ । विभिन्न सामाजिक सञ्जालको फेक आईडी मार्फत सदभाव विथोल्ने पोस्टहरु आईरहेपनि प्रशासनले भने पूर्ण रुपमा नियन्त्रण लिन सकेको छैन । सामाजिक सञ्जालको दुरुपयोग गरी सदभाव विथोल्ने गिरोह सक्रिय छन ।

    Advertisement

    यता नेपालगञ्जको सदभाव विथोल्न खुला रुपमा सक्रिय भूमिका खेलेका तत्वहरुलाई प्रशासनले कार्वाही गर्न सकेको छैन ।

    फाईल तस्वीर ।

    Advertisement

    यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

    तीनकुनेमा भएको राजावादीको आन्दोलन घटनालाई तपाईं कसरी हेर्नुहुन्छ ?





    Translate »