Close sidebar
  • ताजा
  • लोकप्रिय
  • ‘रिगल’ लाई सजाय मिनाहा गर्नुको कारण माग, भारतीको अनशन जारी

    १८ असोज, बाँके । नेपालगञ्जको बीच बजारमा धारिलो हतियार खुँडा प्रहार गरी हत्याका दोषी ठहर भएका ‘रिगल’ भनिने योगराज ढकाललाई सजाय मिनाहा गर्नु सर्वोच्च अदालतले सरकार सँग लिखित जवाफ माग गरेको छ ।

    नेपालगञ्जका चेतन मानन्धरको हत्याका दोषी ‘रिगल’ लाई माफी मिनाहा गर्ने सरकारको निणर्य विरुद्ध सर्वोच्चमा रिट दायर भएको थियो । बिहीवार उक्त रिटमा सुनुवाइ गर्दै सर्वोच्चका न्यायाधीश मनोजकुमार शर्माको इजलासले असोज २४ गते ५ बजेभित्र कारण सहित लिखित जवाफ पेश गर्न विपक्षीको नाममा आदेश दिएको छ ।

    Advertisement

    मानन्धरकी श्रीमती भारती मानन्धारले सर्वोच्च अदालतमा रिट दिएकी हुन । रिटको टुङ्गो नलागुञ्जेल निवेदक तथा उनका परिवारलाई सुरक्षा प्रदान गर्न गृह मन्त्रालयका नाममा सर्वोच्चले आदेश समेत दिएको छ ।

    यस्तै रिटमा समावेश भएको कानुनी प्रश्नको जटिलता र महत्तवको विचार गर्दा यसलाई पूर्ण इजलासमै लैजान उपयुक्त भएको पनि सर्वच्चको आदेशमा उल्लेख छ । यो मुद्दालाई अग्राधिकारमा राखेर असोजको २५ गते नै सुनुवाइ गर्न पनि आदेशमा उल्लेख छ । यो मुद्दामा महान्यायाधिवक्ता आफैँलाई समेत बहसमा उपस्थित गराउन सर्वोच्चले महान्यायाधिवक्ताको कार्यालयलाई भनेको छ ।

    Advertisement

    दिनदहाडै हत्या गरेको कसुरमा जेल परेका ‘रिगल’ को १२ वर्ष कैद सरकारले संविधान दिवसका अवसरमा माफी दिएपछि चौतर्फी विरोध भइरहेको छ ।

    २०७२ साल असार २८ गते नेपालगञ्ज ८ का २९ वर्षीय चेतन मानन्धर माथि दिउँसै धम्बोझी चोक नजिकै खुँडा प्रहार भएको थियो । मानन्धरको मृत्यु पछि रिगल फरार थिए ।

    Advertisement

    मानन्धरको हत्या आरोपी रिगल दुई महिना पछि भदौमा अदालतमा गई आत्मसमर्पण गरेका थिए । जसपश्चात मुद्दाको किनारा नलाग्दा सम्म उनलाई पूर्पक्षका लागि जेल पठाइएका थिए ।

    जिल्ला अदालत बाँकेले २०७६ वैशाखमा रिगललाई दोषी ठहर गर्दै सर्वस्व सहित जन्मकैदको सजाय तोकेको थियो । मानन्धरको हत्यामा संलग्न रहेको ठहर गर्दै तत्कालीन जिल्ला न्यायाधीश विष्णु सुवेदीको इजलासले अन्य १२ जनालाई पनि कसुर अनुसार ३ वर्षदेखि १० वर्षसम्मको सजाय तोकेको थियो ।

    Advertisement

    जेल प्रशासनले भने राम्रो चालचलन भएको आधार देखाई रिफारिस भएको र माथिबाट थप सजाय मिनाहा भएको हुँदा जेल मुक्त गर्नुपरेको बताएको थियाे ।

    यता चेतन मानन्धरको हत्याका अभियुक्त ‘रिगल’लाई आममाफी दिने निणर्य विरुद्ध चेतनकी श्रीमती भारती मानन्धर अनशनमा छन । भारतीले बुधबार बिहान देखि माइतीघर मण्डलामा अनशन सुरु गरेकी हुन् । न्याय नपाएसम्म घर नफर्किने अनशनरत भारतीको भनाइ छ ।

    यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

    तीनकुनेमा भएको राजावादीको आन्दोलन घटनालाई तपाईं कसरी हेर्नुहुन्छ ?





    Translate »