१६ असोज, बाँके । बाँकेको नेपालगञ्जमा अनिश्चितकालीन कफ्र्यु आदेश जारी गरिएको छ ।
असोज १४ गते सामाजिक संजालमा मुस्लिम समुदायलाई लक्षित गरि लेखिएको स्टाटसको विषयलाई लिएर मुस्लिम समुदायले गरेको विरोध र्यालीका कारण उत्पन्न परिस्थिती एवंम मंगलबार ओमकार परिवार हिन्दु समाजले र्याली निकाल्ने क्रममा विवाद उत्पन्न भएको जनाउदै जिल्ला प्रशासन कार्यालय बाँकेले कफ्र्यु आदेश गरेको छ ।
Advertisement
नेपालगञ्जमा क्षेत्रमा भएको सार्वजनिक सम्पत्ति तोडफोड, ढुंगामुडा प्रहार, उच्छृंखल गतिविधि लगायत विरोध प्रदर्शनका कारण सर्वसाधारणको सुरक्षामा पर्न सक्ने सम्भावित जोखिम एवं शान्ति भंग हुन जान सक्ने स्थिती देखिएकोले उक्त आदेश जारी गरेको हो ।
यो पनि पढ्नुहोस
Advertisement
Advertisement
सामाजिक सद्भाव खल्बलिने अवस्था आएपछि जिल्ला प्रशासन कार्यालय बाँकेले आज दिउँसो १ बजेदेखि अनिश्चितकालीन कफ्र्यु आदेश जारी गरेको हो ।

















टिप्पणीहरू