Close sidebar
  • ताजा
  • लोकप्रिय
  • सद्धभाव ढगमगाएको संकेत, मंगलबार नेपलागञ्ज बन्दको घोषणा

    १४ असोज, बाँके । बाँकेको नेपालगञ्जमा बन्दको घोषणा गरिएको छ । पटक पटक हिन्दूको आस्था माथि खेलवाड हुदाँ समेत प्रशासन मौन बसेको जनाउदै मंगलबार नेपालगञ्ज बन्दको आह्वान गरिएको छ ।

    नेपालको संविधानमा गाईलाई राष्ट्रिय जनावरको दर्जा प्रदान गरिएको भएपनि पटक पटक गाई काटिएको तथ्य बाहिरिएको छ । हिन्दू सास्त्र अनुसार गाईलाई माताको रुपमा पूज्ने चलन प्राचिनकाल देखि नै चल्दै आएको छ ।

    Advertisement

    बाँकेका विभिन्न स्थानमा गाई र गोरु काटेर यसको मासु विभिन्न ठाँउमा निर्वाध रुपमा ओसारपसार भइरहेको छ । तर प्रशासनले गाई काट्ने विरुद्ध कुनैपनि एक्सन लिन सकेको छैन । केही दिन अगाडि मात्रै बाँके प्रहरीले गाईको मासु सहित एक जनालाई नियन्त्रणमा लिएको थियो । यस अघि पनि गाईको विषयमा रनियापुर निकै विवादमा थियो ।

    गाई काटेको विरोधमा फेसबुकमा लेखिएको सामान्य स्ट्याटसको भरमा आएको कमेन्टको विषयमा नेपालगञ्जमा निकै ठूलो बबाल मच्चाईएको छ । कुनैपनि धार्मिक आस्थामा आँच आउने, धार्मिक विद्धेष फैलाउने वा कुनै धर्मको विरुद्ध हुनेगरी कुनैपनि सामाजिक सञ्जालमा फोटो, लेख, रचना पाईदैन । समाजिक सदभाव विथोल्ने विरुद्ध कानुनी उपचारको व्यवस्था छ । तर पनि कानुनी बाटोलाई बेवास्ता गर्दै विषेश समुदायका वर्गले नेपालगञ्जका विभिन्न स्थानमा टायर बाल्दै लेखिएको कमेन्ट विरुद्ध आज सडकमा चक्काजाम गरेका थिए ।

    Advertisement

    जसपश्चात नेपालगञ्ज सामाजिक सद्धभाव ढगमगाएको छ । यता सामान्य स्ट्याटसको भरमा सदभावमा दरार आउने गरी गरिएको माग र प्रदर्शनको विरोधमा हिन्दू समाजले नेपालगञ्ज बन्दको घोषणा गरेको छ ।

    राष्ट्रिय जनावर भएकै देशमा गाई काटेर खाने विरुद्ध बोल्दा नेपालगञ्जको ठाँउ ठाँउमा टायर बालेर विषेश समुदाय नै शक्ति प्रदर्शन गरेर आन्दोलित हुनु र संविधानमै उल्लेख नभएका सजायको माग गर्नेहरुको मानसिकता के रहेको भन्ने बुझिएको हिन्दू समाजको ठहर छ ।

    Advertisement

    मंगलबार नेपालगञ्ज पूर्ण रुपमा बन्द गराउन बिहान १० बजे बागेश्वरी मन्दिरको पार्कमा भेलाको लागि अह्वान समेत गरिएको बुझिएको छ । बन्दलाई सफल पार्न सम्पूर्ण ॐ कार परिवार एक जुट हुन समेत हिन्दू समुदायले आग्रह गरेको छ ।

    एक पछि अर्को समुदाय आन्दोलनमा आउनु नेपालगञ्जको सदभाव केही पात्रहरुकै कारण ढगमगाएको बुझिएको छ । यद्दापी जिल्ला प्रशासन कार्यालय बाँकेले यसलाई शान्त गराउन तर्फ लागिपरेको बुझिएको छ । जिल्ला प्रशासन कार्यालयमा सोमबार विषेश छलफलका लागि बोलाइएको हिन्दूवादी युवा नेता शुभम गुप्ताले जानकारी गराए ।

    Advertisement

    आइतबार जिल्ला प्रशासन कार्यालय बाँकेले एक विज्ञप्ती समेत जारी गर्दै धार्मिक आस्थामा आँच आउने, धार्मिक विद्धेष फैलाउने वा कुनै धर्मको विरुद्ध हुनेगरी कुनैपनि सामाजिक सञ्जालमा फोटो, लेख, रचना वा अन्य कुनैपनि किसिमको संकेत नगर्न तथा जातीय, धार्मिक सद्धभावमा खलल पुर्‍याउने कानून विपरितका कुनै पन िगतिविधि नगर्न सूचित गरेको छ ।

    ईस्लाम धर्मका प्रवर्तक पैगम्बर हजरत मोहम्मद मुस्तफा सल्लललाहु अलैही वसल्लमलाई सामाजिक सञ्जालमा अभद्र टिप्पणी (गालीगलौज) गरिएको भन्दै कारवाहीको माग गर्दै मुस्लिम समुदायले नेपालगञ्ज क्षेत्रमा बिरोध प्रदर्शन गरेका थिए ।

    यतिबेला सामाजिक अगुवा समेत एक जुट भएर यस विषयलाई शान्ति बनाउन र सद्धभावलाई रायम राख्न विषेश लाग्नुपर्ने देखिन्छ ।

    तस्वीर : कोहलपुर ग्यालरी

    यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

    बागेश्वरी मन्दिरको पार्किङ परिसरमा मेला लगाउनु प्रति तपाईंको राय के छ ?





    Translate »