Close sidebar
  • ताजा
  • लोकप्रिय
  • गणेश विसर्जन र मोहम्मद डे एकै दिन, शान्ति सुरक्षाका लागि प्रजिअलाई ज्ञापनपत्र

    ९ असोज, बाँके । यस वर्ष हिन्दु धर्मावलम्बीहरुको पर्व गणेश विसर्जन र इस्लाम धर्मावलम्बीहरुको पर्व मोहम्मद डे एकै दिन पर्न गएको हुनले शान्ती सुरक्षाको कडा व्यवस्थापन गर्न ध्यानाकर्षण गराइएको छ ।

    जनमत पार्टी नेपालगञ्ज नगर समितिले उक्त दिन शान्ति सुरक्षाको कडा व्यवस्थापन गर्न जिल्ला प्रशासन कार्यालय बाँकेलाई ध्यानाकर्षण गराएको छ ।

    Advertisement

    दुवै धर्मावलम्बीहरुको आआफ्नै जुलुस-र्‍याली हुन भएको हुदाँ विगतमा देशको विभिन्न जिल्लाहरुमा झै-झगडाका साथै अवलन्चित क्रियाकलापहरु हुन गई घटना घट्न गएको जानकारी गराउदै प्रमुख जिल्ला अधिकारी विपिन आर्चायलाई जनमत पार्टीले ज्ञापनपत्र बुझाएको छ ।

    पार्टीका नगर सभापति शुभम गुप्ताको नेतृत्वमा प्रमुख जिल्ला अधिकारीलाई ज्ञापनपत्र बुझाएको हो ।
    ‘उक्त घटनालाई मध्यनजर गरी नेपालगञ्जमा हुने उक्त पर्वहरु शान्तिपूणर् ढंगबाट संचालन गरी कार्यक्रम सम्पन्न गर्नका लागि शान्ति सुरक्षा गरी पाँउ’ ज्ञापनपत्रमा भनिएको छ ।

    Advertisement

    यद्दपी नेपालगञ्ज सदभावको शहरको रुपमा परिचित छ ।

    Advertisement

    यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

    बागेश्वरी मन्दिरको पार्किङ परिसरमा मेला लगाउनु प्रति तपाईंको राय के छ ?





    Translate »