मंसूर अली इद्रिशी
९ असोज, बाँके । जनता समाजवादी पार्टी नेपाल बाँके निकट ‘समाजवादी महिला संघ नेपाल’को पुनर्गठन गरिएको छ । जिल्ला समन्वय समिति बाँकेको हालमा समाजवादी महिला संघको भेलाले गीता मल्लको अध्यक्षतामा महिला संघको सर्वसहमती पुनर्गठन गरेको हो ।
समाजवादी महिला संघको उपाध्यक्षमा लालिमा मल्ल, मीरा वैश्य, सचिवमा सोनी राई लगायत २२ सदस्यीय समिति चयन भएको छ । समाजवादी महिला संघ बाँकेका पदाधिकारी तथा सदस्यहरुलाई प्रदेश सांसद माननीय अम्बिका काफले सपथ ग्रहण गराएकी थिइन् ।
Advertisement
जिल्ला अध्यक्ष कमरुद्दीन राईले पार्टीका महिला नेतृहरुलाई सक्रिय भएर अघि बढ्न उत्प्रेरित गर्दै प्रशिक्षणात्मक मन्तव्य राखेका थिए ।
लुम्बनी प्रदेशकी प्रदेश सांसद माननीय अम्बिका काफले आफ्नो भनाइ सहित शुभकामना दिएकी थिइन् ।
Advertisement
उक्त कार्यक्रममा जनता समाजवादी पार्टी बाँकेका संगठन बिभाग प्रमुख अतहर हुसैन फारुकी, जसपा बाँके उपाध्यक्ष राजन राना मगर, प्रदेश सदस्य माजिद अलि सेष लगायत नेता तथा कार्यकर्ताहरुको उपस्थिति रहेको थियो ।
टिप्पणीहरू