मंसूर अली इद्रिशी
६ असोज, बाँके । जनता समाजवादी पार्टी (जसपा) नेपालको तीन महिने संगठन विस्तार अभियान आज देखि सुरु भएको छ ।
बाँके जिल्लामा रहेको जसपा जिल्ला कार्य समितिले शनिबार आयोजना गरेको संगठन बिस्तार अभियान अभिमुखिकरणबाट अभियान सुरु भएको हो ।
Advertisement
उक्त कार्यक्रमलाई सम्बोधन गर्दै प्रमुख अथिति पूर्व मन्त्री मो. इस्तियाक राईले बाँकेलाई समृद्ध र विकसित बनाउन संघीय लोकतन्त्र र समावेशिता बनाउन आवश्यक रहेको बताए । त्यसका लागि निणर्ायक भुमिकामा हुन आवश्यक रहेको जिकिर गरे ।
निणर्ायक भूमिकामा पुग्न अत्यधिक बहुमत चाहिने र बहुमत चुनावबाटै सम्भव भएकाले अहिलेदेखि नै आउँदो निर्वाचनमा जुट्न नेता कार्यकर्ताहरुलाई निर्देशन समेत दिए ।
पूर्व मन्त्री राईले देशमा अधिकार सम्पन्न संघीयता हुन नसकेको जिकिर गर्दै जिल्लाका सबै स्थानीय तहमा तीन महिने संगठन विस्तार अभियानमा जुटन निर्देशन दिए ।
Advertisement
उनले सबै अधिकार केन्द्रित गरेर संघीयता बलियो हुन नसक्ने बताए । राज्यको संवैधानिक, न्याययिक, प्रशासनिक र राजनीतिक नियुक्ति लगायतका कुनै पनि निकायमा समावेशिता नरहेको बताए ।
सो अवसरमा लुम्बिनी प्रदेश संसद अम्बिका काफले, नेपालगञ्जका उपमेयर कमरुद्दीन राई, अतहर हुसैन फारुकी, माजिद अली शेख लगायतका नेता कार्यकर्ताको उपस्थिति रहेको थियो ।
टिप्पणीहरू