Close sidebar
  • ताजा
  • लोकप्रिय
  • कन्टेनर सहित ४६ लाख बढीको अवैध वस्तु बरामद

    संजय कुशवाहा
    ६ असोज, नवलपरासी । पश्चिम नवलपरासीको सरावल ६ गुज्जरटोल स्थितबाट ४६ लाख ५० हजार मुल्य बराबरको अवैध सामान प्रहरीले बरामद गरिएको छ ।

    ईलाका प्रहरी कार्यालय महेशपुरबाट प्रहरी निरीक्षक फल बहादुर तामाङको कमाण्डमा खटिएको प्रहरी टोलीले शुक्रबार राती उक्त अवैध सामान बरामद गरेको हो ।

    Advertisement

    सरावल गाउँपालिका ६ भुजहवाबाट परासी आउँदै गरेको ना ६ ख ४७१६ नम्बरको कन्टेनर चेकजाँच गर्दा भन्सार छली ल्याइएको सामान सहित कन्टेनर चालक सरावल गाउँपालिका ५ का बशिस्ठ थारुलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

    बरामद उक्त सामान, कन्टेनर र चालक समेतलाई आवश्यक कारवाहीको लागी भैरहवा भन्सार कार्यालय पठाइएको जिल्ला प्रहरी कार्यालय सूचना अधिकारी प्रहरी नायव उपरीक्षक रेशम बोहराले बताए ।

    Advertisement

    यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

    बागेश्वरी मन्दिरको पार्किङ परिसरमा मेला लगाउनु प्रति तपाईंको राय के छ ?





    Translate »