Close sidebar
  • ताजा
  • लोकप्रिय
  • आजको राशिफल : भदौ २८ गते मंगलबार २०८०

    काठमाडौं । आज २०८० साल भदौ २८ गते बिहीबार। ज्योतिष शास्त्रमा चन्द्रमा अनुसार दैनिक फलादेश हुन्छ। सोही अनुसार उनीहरूको दैनिकी कस्तो रहन्छ भन्ने विषयमा भविष्यवाणी गरिन्छ। यस्तो छ आजको फलादेश:

    मेष : भूमि सम्बन्धी कारोबारमा ठूलो आम्दानी र मानसम्मान बढ्नेछ।  वैदेशिक क्षेत्रमा गरेको श्रम लगानीबाट राम्रो हुनेछ।

    Advertisement

    वृष : बोलीका कारण घाटा हुने भएकाले बोल्दा सचेत हुनुहोला। व्यस्तताले गर्दा मानसिक तनाव बढ्नेछ। गणेश भगवानको स्मरण गरे मन शान्त हुनेछ।

    मिथुन : दिन राम्रो छ। आफन्तको सहयोग मिल्नेछ। प्रतिस्पर्धी निस्तेज हुनेछन्। पठनपाठनमा जोशजाँगर बढ्नेछ। प्रेममा धोका हुने भएकाले सचेत हुनुपर्ने देखिन्छ।

    Advertisement

    कर्कट : दिन सामान्य राम्रो छ। काममा सफलता मिल्नेछ। उत्साह बढ्नेछ। शिक्षामा गरेको श्रम लगानीबाट सन्तोष पाइनेछ। जग्गासम्बन्धी कारोबारमा लाभ हुनेछ।

    सिंह : दिन राम्रो छ। बोलीमा मिठास रहनेछ। रोगबाट मुक्ति मिल्नेछ। प्रेममा सफलता मिल्नेछ। वैदेशिक क्षेत्रमा गरेको लगानीबाट फाइदा पाइनेछ।

    Advertisement

    कन्या : दिन राम्रो नै छ। शिक्षा क्षेत्रमा गरेको लगानीबाट निकै उत्साह मिल्नेछ। खर्च बढ्नेछ। रोगको प्रकोप बढ्ने देखिन्छ।

    तुला : सामान्य दिन राम्रो छ। खुसी मिल्नेछ। खर्च बढ्नेछ। स्वास्थ्यमा समस्या आउनेछ। पारिवारिक मेलमिलाप हुनेछ। शिक्षाको क्षेत्रमा गरेको लगानीबाट फाइदा मिल्नेछ। अरु क्षेत्र यथास्थितीमा छ।

    Advertisement

    वृश्चिक : दिन सामान्य राम्रो छ। समस्याबाट नै समाधान निकाल्नुपर्नेछ। बिहान उठेर सूर्यको दर्शन गर्नुहोला। पारिवारिक सम्बन्ध सुमधुर रहनेछ।

    धनु : दिन सामान्य राम्रो छ। मातापिताबाट सहयोग मिल्नेछ। राजनीतिमा शत्रु बढ्नेछ। आर्थिक क्षेत्रमा ठूलो फड्को मिल्ने योग रहेको छ।

    मकर : दिन निकै राम्रो छ। बोलीको प्रभाव बढ्नेछ। व्यापार व्यवसायबाट राम्रो फल प्राप्त हुनेछ। शिक्षामा गरेको लगानीबाट फाइदन मिल्नेछ। प्रेममा सफलता पाइनेछ।

    कुम्भ : मनमा उल्लास बढ्नेछ। सामाजिक र धार्मिक क्षेत्रमा मन जानेछ। पठनपाठनमा आलश्य बढ्नेछ। दाम्पत्य जीवन सुखमय रहला।

    मीन : आम्दानी बढ्नेछ। सोचेअनुसार काम नबन्दा चिन्ता थपिनेछ। आफन्तबाट अपमान मिल्नेछ। अनावश्यक यात्रामा ननिस्कनुहोला। रोगको प्रकोप बढ्ने देखिएको छ।

    राशिफले जे जस्तो फल बताए पनि हजुरहरुको कार्य सफलताको कामना, अस्वस्थ हुनुन्छ, भने स्वास्थ लाभको कामना, यात्रामा हुनुन्छ भने मङ्गलयात्राको कामना, जन्मदिन परेको छ भने जन्मदिनको शुभकामना ।

    यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

    तीनकुनेमा भएको राजावादीको आन्दोलन घटनालाई तपाईं कसरी हेर्नुहुन्छ ?





    Translate »