२५ भदौ, बाँके । बाँकेको नेपालगञ्ज विमानस्थलबाट श्रोत नखुलेको २६ लाख रुपैयाँ सहित एक जना कर्मचारी पक्राउ परेका छन ।
आज बिहान नेपालगञ्ज विमानस्थलबाट ८:४५ बजेको श्री एयरको जहाजबाट काठमाडौं उड्न लागेका आन्तरिक राजस्व कार्यालयका एक जना कर्मचारी पक्राउ परेका छन् ।
Advertisement
तुलसीपुर आन्तरिक राजश्ज कार्यालयका अधिकृत खगेन्द्र सापकोटालाई विमानस्थल सुरक्षा गार्डले श्रोत नखुलेको रुपैयाँ सहित नियन्त्रणमा लिएको हो । विमानस्थल सुरक्षा गार्डका प्रमुख प्रहरी नायब निरीक्षक रविन्द्र बमको टोलीले पक्राउ गरेको हो ।
पक्राउ परेका सापकोटालाई विमानस्थलबाट जिल्ला प्रहरी कार्यालय लगिएको बताइएको छ । सापकोटा सँगै अधिकृत दीपक पौडेल पनि काठमाडौं यात्रा गरिरहेका थिए तर बोर्डिङ पास नलिएका कारण उनी विमानस्थलबाट फरार भएका छन् । उनको खोजी कार्य भईरहेको बुझिएको छ ।
टिप्पणीहरू