९ भदौ, बाँके । बाँकेको नेपालगञ्ज उपमहानगरपालिका वडा नम्बर ३ एकलैनीमा रहेको मुस्लिम फत्ते मोहम्मद मुसाफिरखानामा राष्ट्रिय स्वराज पार्टीले भव्य रूपले अन्तरक्रिया कार्यक्रम सम्पन्न गरेको छ ।
केन्द्रीय नेता राजा सिंह, केन्द्रीय अध्यक्ष इरफान अहमद शेषले सहभागीहरुलाई प्रशिक्षण गरेका थिए । संगठन निर्माण, खुला सिमा सम्बन्धि समस्या तथा स्थानीय सरकारले अहिले गरिरहेको अन्यायको बारेमा छलफल गरिएको जिल्ला उपसभापति राम निवास शाहुले बताए ।
Advertisement
अध्यक्ष शेषले गरिब, किसान मजदुर फुटपातमा जीवन यापन गर्नेहरु तथा रिक्सा चालकहरुको समस्या बारे छलफलमा आवाज उठाएका थिए । उनले आउने दिनमा गरिब, किसान, मजदुर, फुटपातमा जीवन यापन गर्नेहरुको लागि अन्दोलन गर्ने र उनीहरुको आवाजलाई बुल्नद गर्ने बताए । कार्यक्रममा करिब दुई सय ५० जनाको उपस्थिति रहेको पार्टीले जनाएको छ ।
अब्दुल कादिर साईको अध्यक्षतामा सम्पन्न भएको उक्त कार्यक्रम केन्द्रीय महिला नेतृ जोया शेषले संचालन गरेकी थिइन । स्वागत भने जाबिर हल्वाईले गरेका थिए ।
टिप्पणीहरू