Close sidebar
  • ताजा
  • लोकप्रिय
  • निर्वाचन विधान विपरित हुदैँ गएको साझा प्रजातान्त्रिक समुहको आरोप

    ९ भदौ, बाँके । नेपालगञ्ज उद्योग वाणिज्य संघको निर्वाचन विधान विपरित हुदैँ गएको साझा प्रजातान्त्रिक उद्योगी व्यवसायी समुहको आरोप छ ।

    साझा प्रजातान्त्रिक समुहले शनिवार एक पत्रकार सम्मेलन मार्फत आफ्नो असन्तुष्टी जाहेर गरेको छ । उद्योगी व्यवसायीहरुको आस्थाको केन्द्रविन्दु रहेको संघको निर्वाचन निष्पक्ष नभई विधि, विधान र नियम विपरित भएको समुहले आरोप लगाएको हो ।

    Advertisement

    मतदान अधिकृतले दिएको मुचुल्का एवं सबै मतदानहरुको पूर्ण रुपमा गणना नै गरेर निर्वाचनको नजिता सार्वजानिक गर्ने कुन विधि रहेको सम्मेलनमा अध्यक्ष संजय थापाले प्रतिप्रश्न गरे ।

    उनी पत्रकार समक्ष सम्बोधन गर्दै भने, ‘नेपालगञ्ज उद्योग वाणिज्य संघको निर्वाचनमा कुन थिति बसाल्न लागिएको हो यो बुझ्नु पर्ने अवस्था आएको छ । यसले कसैलाई पनि फाइदा गर्दैन, सबै कुरा विधि र विधान अनुरुप हुनु पर्छ तर नहुदाँ हामी यहाँहरुकाको अगाडि आउनु परेको हो । निर्वाचन प्रजातन्त्रको निकै सुन्दर पक्ष हो तर कब्जा गर्ने शैलीमा निर्वाचनलाई विधि विधान विपरित लैजान हुदैँन भन्ने हाम्रो माग हो, यसमा हामी हाम्रो मात्रै भनेका छैनौं, हामी विधि र प्रणली सहि ढंगले जानु पर्छ भन्ने मात्रै हो ।’

    Advertisement

    अध्यक्ष थापाले संघको निर्वाचनमा करिब ३० प्रतिशत मत गणना नै नगरी महासचिव पदमा विजयी घोषणा गरेको भत्सर्ना गर्दै मतदाताको सम्मान नभएको बताए ।

    अध्यक्ष थापाले संघमा भएका महासचिव बाहेक सबै पदको निर्वाचन परिणाम स्वीकार गरेको भएता पनि संघ कब्जाको नियत राखेर गैर व्यवसायी, नियम र प्रक्रिया उल्लंघन गरेर महासंघको सदस्यता वितरण भएको उल्लेख गरेका छन । निर्वाचनका बेला उम्मेदवारहरुले प्राप्त मतको रुझु नगरेरै निर्वाचन परिणाम घोषणा गरेको हुदाँ यस्ता गलत नजिर स्थापित हुने भएकोले यसको सबै मिलेर विराध गर्नु पर्ने संयोजक थापाले बताए ।

    Advertisement

    संयोजक थापाले हालै सम्पन्न निर्वाचन शंकैशंकाको घेरामा रहेको हुदाँ पत्रकारहरुको समेत जिम्मेवार बन्नु पर्ने बताउँदै मतदान स्थलमा जान र त्यहाँको बस्तु स्थित बारेमा बुझ्न समेत अनुरोध गरेका छन ।

    निर्वाचनलाई निष्पक्ष र विधान संगत गर्ने अधिकार प्राप्त निर्वाचन आयुक्त टिकाजंग सिंहको क्रियाकलापका कारण संघको निर्वाचन विवादित हुन पुगेका साझा प्रजातान्त्रिक समुहले आरोप लगाएको छ । समुहले आम मतदाताहरुले निर्वाचनमा उत्साह जनक रुपमा सहभागि भई मतदान गरेका सम्पुणर् मतपत्र समेत गणना नगरी निर्वाचन आयुक्त सिंहले समुहका तर्फबाट उम्मेदवार रहेका टंक प्रसाद शर्माको पुनः मतगणनाको निवेदन पश्चात अन्यपदाधिकारी एवंम सदस्यहरुको नतिजा घोषणा नगरी महासचिव पदको नतिजा घोषणा गर्ने कार्यलाई निकै निन्दनीय र विधिविधान विपरित भएको बताएको छ ।

    Advertisement

    महासचिव पदको सम्पुणर् मतपत्र गणना नगरेको अवस्थामा समुहले मतपत्र गणना गरेर नतिजा सार्वजानिक गर्नु पर्ने माग राख्दै नेपालगंज उद्योग वाणिज्य संघको कार्यालयमा तालाबन्दी गरी सकेको अवस्थामा पुनः मतगणना गर्नु पर्ने माग पुरा नभए सम्म चरणबद्ध रुपमा आन्दोलन समेत गर्ने निणर्य गरीएको पत्रकार सम्मेलन मार्फत समुहले जानकारी दिएको छ ।

    यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

    तीनकुनेमा भएको राजावादीको आन्दोलन घटनालाई तपाईं कसरी हेर्नुहुन्छ ?





    Translate »