Close sidebar
  • ताजा
  • लोकप्रिय
  • ललित कुमार रौनियार नेतृत्वको साझा प्रजातान्त्रिक प्यानलको १८ बुदेँ प्रतिबद्धता

    २४ साउन, बाँके । नेपालगञ्ज उद्योग वाणिज्य सँघको आसन्न भदौ २ गते हुने निर्वाचनको चुनावी प्रचारप्रसार तथा अभियानलाई थप तिब्रता दिदैँ साझा प्रजातान्त्रिक उद्योगी व्यवसायी समूहले १८ बुदेँ प्रतिबद्धता जारी गरेको छ ।

    प्रतिबद्धतापत्र यस प्रकारको छ

    Advertisement

    प्रतिबद्धता पत्र – २०८०

    आदरणीय उद्योगी व्यवसायि ज्यूहरू,

    हामी नेपालगञ्ज उद्योग वाणिज्य सँघको निर्वाचनको पूर्व सन्ध्यामा छौं । हामी हाम्रा सम्पूणर् अग्रज उद्योगी-व्यवसायि, नागरिक समाज, संचारकर्मी, राजनीतिक दल, विभिन्न सरकारी तथा गैर सरकारी कार्यालयहरू, सहयोगी तथा सम्पूणर् शुभ चिन्तकज्यूहरूको योगदानको स्मरण गर्दै यहाँहरू प्रति उच्च सम्मान व्यक्त गर्दछौ ।

    Advertisement

    आदरणीय उद्योगी व्यवसायि ज्यू,

    बिश्व ब्यापी कोभिड माहामारी पछिको आर्थिक मन्दीको कारणले उत्पन्न परिस्थितिले नेपालको निजी क्षेत्र समस्याग्रस्त अवस्थाबाट गुनिँदै आइरहेको छ । अर्थतन्त्रमा देखिएको दुष्प्रभावका कारण उद्योगी व्यवसायिको मनोवल निकै खस्किएको छ। आर्थिक सुस्तता, बैंक ब्याजदरको बढोतरी, बस्तुको माग तथा आपुर्तीको समस्या, मंहगी लगायत अन्य समस्याका कारण हामी इतिहासकै पीडादायी अवस्थाबाट गुजिरहेका छौ । यस अवस्थामा उद्योग वाणिज्य संघहरूले आफना सदस्यहरूको हकहितको संरक्षण र उनीहरूको हकहितको लागि सम्बन्धित निकायमा दबाव दिनु पर्छ । यसका अतिरिक्त संघले आफना सदस्यहरूको मनोबल उच्च बनाउदै आर्थीक क्षेत्रको सार्थक परिवर्तनको लागि समेत प्रयास गर्नु पर्छ । यहि भदौ २ गते यस जिल्लाका उद्योगी व्यवसायिले नेपालगंज उद्योग वाणिज्य संघको नयाँ नेतृत्व चयन गर्दै हुनुहुन्छ । सोनेतृत्वको लागि साझा प्रजातान्त्रिक व्यवसायिक समुह सदैव सम्पूणर् उद्योगी एवं व्यवासायिहरूको साथमा छ र रहनेछ । यस पटकको निर्वाचनमा साझा प्रजातान्त्रिक व्यवसायिक समुहको नेतृत्वको समुहले तपाईहरू माझ तपशील बमोजिम प्रतिबद्धता व्यक्त गर्न चाहन्छ ।

    Advertisement

    नेपालगंज उद्योग वाणिज्य संघका सदस्यहरूको मनोबल उच्च बनाउदै व्यवसायिक हित र समुन्नतका लागि । हाम्रो प्रतिवद्धताहरू यस प्रकार रहेका छन ।

    १. जिल्ला भरीका उद्यमी व्यवसायिहरूका विवरण अद्यावधिक रूपमा संकलन गरी सबै प्रकारका सदस्यरूको समस्याहरूको पहिचान गरि कर, भन्सार, स्थानीय कर, आन्तरिक ओसार पसार लगायतका विषयमा रहेको जटिलतालाई सहजिकरण गर्नका लागि स्थानीय सरकार, जिल्ला प्रशासन कार्यालय, आन्तरिक राजश्व कार्यालय, भन्सार कार्यालय तथा अन्य सरकारी कार्यालयहरू सगँ समन्वय गरी समस्याको हल खोजिने छ ।

    Advertisement

    २. बैंक ब्याजदरको बृद्धि ऋण प्रवाहमा भएको समस्याको कारणले उद्योगी व्यवसायिहरूले भोग्नु परेको कठिन परिस्थितिको अन्त्य गर्न प्रभावकारी कदम चालिनेछ ।

    ३. बन्द रहेका उद्योगहरूलाई संञ्चालन गर्ने वातावरण तयार गर्न पहल गर्ने तथा बाँके जिल्लामा थप उद्योगहरूलाई स्थापना गर्न समन्वयकारी भुमिका खेल्ने छौं ।

    ४. नेपाल भारत सिमामा देखिएका व्यापारिक समस्याहरू न्यूनिकरण तथा आयात निर्यातमा भारतीय तथा नेपाली भन्सारद्वारा विभिन्न बहानामा अतिरिक्त शुल्क लगायत दुखदिने क्रियाकलापको निराकरणको लागि हामीले पहल गर्ने एवं समाधानका लागि सम्बन्धित निकायमा पहल गरी समस्याको हल गरिनेछ । भारतीय प्रहरी प्रशासन तथा नेतागण, भारतीय व्यापारिक संगठनहरू वीच नियमित समन्वयात्मक बैठकको आयोजना गरिनेछ ।

    ५. भारतबाट आयात गर्ने वस्तुहरूको चर्को भन्सार दरले गर्दा चोरी पैठारी लगायत अनौपचारीक व्यापारलाई बढावा मिल्ने हुनाले नेपाल सरकारसंग सम्बाद गरी न्यून दर गराउन पहलगर्ने तथा जिल्ला प्रसासन कार्यालय, भन्सार कार्यालय, सशस्त्र प्रहरी, जनपद प्रहरी, स्थानीय सरकारसंग समन्वयन गरी भन्सार नाकालाई कडाईका साथमा परिचालन गराई स्थानीय व्यापारमा प्रत्यक्ष प्रभाव देखिने गरी आवश्यक गतिविधि द्धढ अठोटको साथ कार्य गर्ने सोको अनुगमन र मूल्याङ्कन निरन्तर गर्नेछौं ।

    ६. जडिबुटी निर्यातकको हाल समस्याको रूपमा रहेको plant Quarantine Test भारतीय सुचीमा नपरेकोले निर्यात गर्न कठिनाई हुँदै आएको तथा भारतीय पक्षले ट्रान्जिट परमिट जारी गर्ने झन्झटिलो प्रक्रियाले निर्यात गर्न सुलभ र सहज बातावरण नरहेकोले सम्बन्धित निकायहरूसँगको सहकार्यमा प्रत्यक्ष निर्यात हुने गरी पहुँच बिस्तार गर्न पहल गरिनेछ ।

    ७. कर प्रणालीलाई सहज बनाउनका लागि पहल गरिनेछ । व्यवसाय दर्ताको कन्फिटिलो प्रावधानलाई सहज बनाउनका लागि पहल गरिनेछ । स्थानिय सरकारले असुल गर्ने ब्यवसाय दर्ता सिफारीस शुल्क न्यून गर्न पहल गरिनेछ । घरेलु महासंघसंग सहकार्य गरी साना तथा घरेलु उद्योगलाई प्रोहत्सान गर्न सयुंक्त संयन्त्र निमाणर् गरिने छ ।

    ८. प्रधानमन्त्री कृषी आधुनिकिकरण परियोजना अन्तर्गत बाँके जिल्लामा रहेको तरकारी क्षेत्रलाई उत्कृष्ट क्षेत्र बनाउनका लागि सिफारिस गर्न नेपाल उद्योग वाणिज्य महासंघको कृषि उद्यम केन्द्रसँग सहकार्य गरिनेछ ।

    ९. पर्यटनसंग सम्बन्ध संघसंस्थाहरूसंग सहकार्य र साझेदारी गरी पर्यटन प्रहरी गठनमा जोड, पर्यटकीय गन्तव्यहरूको प्रर्वधन र विकास, संरक्षण र गतिविधिमा जोड दिनेछौं । हाट बाजर संचालन, नेपालगंज फुड लेनको स्थापना, रात्री बजारको पहल तथा क्यासिनो, स्पा सेन्टरहरूलाई मर्यादित बनाउन पहल गरिनेछ । १०. स्थानीय उत्पादनलाई राष्ट्रिय तथा अन्तराष्ट्रिय बजार सम्म पुन्याउन पहल गर्ने तथा युवाहरूलाई व्यवसाय गर्न रुची बढाउन तर्फ पहलकदमी गरीनेछ ।

    ११. सुख्खा बन्दरगाह शीघ्र संचालनमा ल्याउनका लागि दवाव दिइने छ तथा भारतबाट आयात हुने GST दिललाई मान्यता दिलाउनका लागि सम्बन्धित निकायमा दवाब दिइने छ र एकिकृत जाँच चौकी (ICP) लाई यथाशिघ्र प्रयोगमा ल्याई आयात निर्यातलाई सहजीकरण गरिनेछ ।

    १२. उद्योग तथा व्यवसायीको विस्तार र विकासको लागि गुणस्तरयुक्त, प्रयाप्त तथा नियमित विजुली प्रथम सर्त हो । यसको सुधारको लागि स्थानीय विद्युत प्राधिकरण, प्रदेश विद्युत प्राधिकरण, केन्द्रिय विद्युत प्राधिकरण तथा नेपाल सरकारसंग यस क्षेत्रमा विद्युत उत्पादनको लागि छनौट भईसकेका जल विद्युत प्रोजेक्टहरूको यथाशिर्घ निर्माणको लागि तथा गुणस्तर विजुलीको लागि प्रयाप्त सब स्टेशन तथा आवश्यक कार्यहरू आदि सबै सरोकार राख्ने संस्थाहरूसंग समन्वय गरी सम्बन्धी पक्ष संग निरन्तर पहल गर्नेछौ ।

    १३. महिला उद्यमीलाई आवश्यक तालिम प्रदान गरी स्वरोजगार बनाउन अभियान चलाउने तथा उद्योगी तथा व्यवसायीहरूलाई कर प्रशासन तथा अन्य आवश्यक नियम कानुन सम्बन्धि जानकारीमूलक कार्यक्रम सन्चालन गरिनेछ ।

    १४. व्यवसायीक छाता संगठन नेपाल उद्योग वाणिज्य महासंघ, महासंघको प्रदेश कार्यकारिणी समितिमा नेपालगन्ज उद्योग वाणिज्य संघको बढि भन्दा बढि प्रतिनिधित्व गराई यस क्षेत्रको आर्थीक क्रियाकलापमा वृद्धि गरिनेछ ।

    बाँके जिल्लाको समग्र आर्थिक तथा सामाजिक विकासका लागि जिल्लाका संघीय सांसद, प्रदेश सांसद, राजनैतिकदलहरू, स्थानीय सरकारका प्रमुखसंग समन्वय गरि जिल्लाको आर्थिक सम्बृद्धिको लागि एकिकृत एवं दिर्घकालिन व्यवसायीक योजना निमाणर्का लागि समन्वयकारी भुमिका निर्वाह गरिनेछ ।

    १५. नेपालगन्ज उद्योग बाणिज्य संघका पूर्व अध्यक्ष पदाधिकारी एवं सदस्यज्यूहरूको ज्ञान र अनुभवलाई अधिकतम उपयोग गर्नका लागि छुट्टै मञ्च स्थापना गर्ने तथा विभिन्न नगर उद्योग बाणिज्य संघहरू, वस्तुगत संघहरू लगायत अन्य व्यवसायिक संघ-संस्थाहरूसंग सुमधुर संबन्ध स्थापित गरी अभिभावकत्व लिनुको साथै विशेषज्ञहरूबाट संघका सदस्यहरूलाई विभिन्न तालीमहरू प्रदान गरी दिगो व्यवसाय तर्फ उन्मुख गराइने छ । युवाहरूको विदेश पलायन तथा दक्ष कामदार उपलब्धतामा धेरै कमी आएकोले बैदेशिक रोजगारीलाई निरुत्साहित गर्ने सरकारी नीतिलाई सहयोग गर्न ने.ग.उ.व्या.संघ समेतले स्थानिय स्तरमा समन्वय गरी विभिन्न तालिमहरू तथा युवा लक्षीत कार्यक्रमहरू सञ्चालन गरिनेछ ।

    १६. बजार क्षेत्रमा पार्किङ व्यवस्थित गर्न उपयुक्त स्थानको पहिचान गर्ने तथा सार्वजनिक शौचालय निर्माण गर्न तथा उपलब्ध भएका सार्वजनिक शौचालयहरूलाई प्रयोगमा ल्याउन स्थानीय सरकारसँग सहकार्य गर्ने, ब्यवसायिक सुरक्षाको लागि सिसि क्यामेरा जडान गर्न र भएकालाई मर्मत र सुचारू राख्न पहल गर्ने तथा स्थानीय निकाय तथा ईन्टरनेट प्रदायक निकायसँग समन्वय गरी आवश्यक स्थानमा निशुल्क ईन्टरनेटको ब्यवस्थापन गर्नेछौं।

    १७. संघको सचिवालयलाई पुणर् रूपमा Digitalization र प्रविधिमैत्री र दुत सेवामुखी बनाइने छ ।

    १८. राप्ती नदी स्थित सिधनिया घाटमा शव दाह (लास) जलाउने ठाउँको उचित व्यवस्थापन गरिनेछ ।

    आदरणीय उद्योगि व्यवसायिज्यूहरू,

    साझा प्रजातान्त्रिक समूहको नेतृत्वमा नेपालगन्ज उद्योग वाणिज्य संघमा चयन मै आएमा हामिले उद्योगी व्यवसायिहरुको आर्थिक, सामाजिक, सांस्कृतिक उन्नति हासिलका लागि प्रतिबद भई लाग्नेछौं । यसका लागि यहाँहरूको सुझाव, सल्लाह तथा समर्थनको अपेक्षा गर्दछौ । अन्त्यमा साझा प्रजातान्त्रीक समुहलाई आफ्नो अमूल्य मत दिई विजयी गराउनु हुन विनम्र अनुरोध गर्दछौं ।

    सदैव समर्थनको अपेक्षा सहित धन्यवाद ।

    यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

    बागेश्वरी मन्दिरको पार्किङ परिसरमा मेला लगाउनु प्रति तपाईंको राय के छ ?





    Translate »