Close sidebar
  • ताजा
  • लोकप्रिय
  • को हुन मख्खन बहादुर धामी ?

    प्रष्ट वक्ता, हक्की स्वभावका आफना जिम्मेवारी र बाचालाई पुरा गर्न सक्ने क्षमताका उर्जावान हुन मख्खन धामी । नेपालगञ्ज उद्योग वाण्ज्यि संघको आसन्न भदौ २ गते निर्वाचनका लागि नेपाली कांग्रेस निकट साझा प्रजातान्त्रिक उद्योग व्यवसायी समुह तर्फबाट कोषाध्यक्ष पदका उम्मेद्वार हुन मख्खन बहादुर धामी।

    उनी एक सफल व्यवसायी पनि हुन । राजनितिहुँदै व्यवसायिक क्षेत्रमा सफलता हासिल गर्दै आएका मख्खन धामीलाई प्रजातान्त्रिक समूहले कोषाध्यक्षको उम्मेदवारको रुपमा अगाडी सारेका छ ।

    Advertisement

    उनी विगत २० वर्ष देखि व्यवसायिक क्षेत्रमा आवद्ध रहेका छन । उनी नेपालगन्ज उपमहानगरपालिका-१८ स्थित रहेको निकिता इन्टरप्राइजेज प्रा.लि.का संचालक हुन । विगत २० बर्षदेखि नै साविकको मध्य र सुदूरपश्चिममा खाद्यान्न पुर्याउँदै आएका छन् ।

    उनी फुड प्याकेजिङ उद्योगको प्रबन्ध निर्देशक, खाद्यन्नको थोक विक्रेता, चामल चिनीको विक्रेता समेत रहेका छन ।

    Advertisement

    बुवा हंश बहादुर धामी र आमा ललितरा धामीको कोखबाट वि.स २०३९ साल भदौ ११ गते जन्मिएका मख्खन धामी आफ्नो जिम्मेवारी र बाचालाई पूरा गर्न सक्ने क्षमताका युवा व्यवसायी हुन् ।

    नेपालगञ्ज वितरक संघका महासचिव, नेपालगञ्ज खाद्य तथा किराना व्यवसायी संघको कार्यसमिति, लायन्स क्लव अफ नेपालगञ्जका अध्यक्ष, सामुदायिक प्रहरी सेवा केन्द्र बाँकेका कार्यसमिति सदस्य, अछामी सेवा समाजका सल्लाहकार, नेपाल रेडक्रस सोसाइटीका आजीवन सदस्य, नेपालगन्ज मुस्लिम समाजका सल्लाहकार समेत रहेका धामी सामाजिक सेवा तथा राजनितिमा उत्तिकै क्रियाशील छन् । महेन्द्र बहुमुखि क्याम्पसका पूर्व स्ववियु सदस्य, बर्दिया नेपालगञ्ज सम्पर्क समितिका पूर्व सभापति मख्खन रेडियो सदभावका बोर्ड अफ डाइरेक्टर पनि हुन् ।

    Advertisement

    उनको श्रीमती रुपाली धामी, दुई छोरी र एक छोरा छन । समाज शास्त्रमा वि.ए. गरेका धामी विभिन्न संघसंस्थाबाट सम्मानित भइसकेका छन् ।
    उनी व्यवसायीको सिलसिलामा राष्ट्रिय तथा अन्तराष्ट्रिय देशका विभिन्न स्थानको भ्रमण गरी सकेका छन । उनी दुवई, थाइल्याण्ड, चीन, इन्डोनेसिया लगायतका देशको भ्रमण गरिसकेका छन ।

    Advertisement

    यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

    बागेश्वरी मन्दिरको पार्किङ परिसरमा मेला लगाउनु प्रति तपाईंको राय के छ ?





    Translate »