नेपालगञ्ज उद्योग वाण्ज्यि संघको आसन्न भदौ २ गते हुने निर्वाचनका लागि नेपाली कांग्रेस निकट साझा प्रजातान्त्रिक उद्योग व्यवसायी समुह तर्फबाट उपाध्यक्ष (वाण्ज्यि तर्फ) पदका दावेदर उम्मेद्वार हुन विष्णु प्रसाद श्रेष्ठ । निडर, प्रष्टवक्ता, व्यवसायिक समस्या सम्बन्धि निकायमा राख्न सक्ने क्षमता भएका व्यवसायिक नेता पनि हुन ।
अत्यन्त मिलनसार, परोपकारी स्वभावका धनी, धैर्य गर्न सक्ने विषयवस्तुको सुक्ष्म अध्ययन गरी व्यवसायीका समस्याका बारेमा प्रष्ट रुपमा सम्बोधन तथा सम्बन्धित निकायमा कुरा राख्न सक्ने व्यवसायिक नेताको रुपमा उदाउँदै गरेका वाणिज्य तर्फका उपाध्यक्ष पदका उम्मेदवार श्रेष्ठ जुत्ता चप्पलको व्यवसायमा आवद्ध छन ।
Advertisement
श्रेष्ठ २०५३ सालमा पाल्पा देखि नेपालगञ्जमा आएका हुन । उनी विगत २०५३ सालमा देखि नेपालगञ्जमा लुम्बिनी इन्टरप्राइजेजमा आवद्ध रहेर जुत्ता चप्पलको थोक व्यवसाय गर्दै आएका छन ।
उनको जन्म २०३० साल मंसिर १५ गते पाल्पाको तानसेन नगरपालिकामा भएको थियो ।
पिता धर्मराज श्रेष्ठ र सुन कुमारी श्रेष्ठको कोखबाट जन्मिएका उपाध्यक्ष पदका उम्मेद्वार श्रेष्ठ जेठो छोरा हुन । उनी पाँच जनाको परिवार छन । उनकी श्रीमती सरिता श्रेष्ठ व्यवसायमा समेत सहज हुने भुमिका
Advertisement
समाजसेवामा समेत सक्रिय रहेका श्रेष्ठको दुई छोरी र एक छोरा छन । कान्छी छोरी कक्षा ४ मा अध्ययनरत छन । माइलो छोरा काठमाडौँमा कक्षा १२ मा अध्ययनरत छन भने ठूली छोरी अष्ट्रेलियामा इन्जिनियरिङ गर्दै छन ।
उनी नेपालगञ्ज उद्योग वाणिज्य संघको वर्तमान कार्यसमिति सदस्य तथा कार्यसमितिको खेलकुद समिति संयोजक समेत रहेका छन । उनी नेपालगञ्ज जुत्ता चप्पल व्यवसायी संघको निवर्तमान अध्यक्ष पनि भईसकेका छन ।
Advertisement
यस बाहेक उनी समाजिक संस्थामा समेत आवद्ध छन । लायन्स क्लब अफ सुर्योदय नेपालगञ्जका पुर्व अध्यक्ष, लायन्स क्लव अफ नेपालगञ्जका वरिष्ठ सदस्य, सामुदायिक प्रहरी सेवा केन्द्र वाँकेको पुर्व कार्यसमिति सदस्य तथा आजिवन सदस्य समेत रहेका छन ।
श्रेष्ठ पालपाली मिलन केन्द्र बाँकेको बरिष्ठ सल्लाहकार भएर काम गर्दै आईरहेका छन । उनको व्यवसायी संगै मिडिया प्रतिपनि उत्तिकै भूमिका छ । उनी नेपालगञ्ज स्थित रहेको रेडियो सदभावको संस्थापक सदस्य समेत हुन । नेवा.दय.दबु बाँकेको सल्लाकार समेत हुन ।
Advertisement
उनी गत वर्ष गोल्ड स्टार कम्पनीको देशभरको उत्कृष्ट डिलरमा छनोटमा पर्न सफल समेत भईसकेका छन । यस्तै, रोयल फुटवेयर उत्कृष्ट तथा म्याजिक कम्पनीको उत्कृष्ट डिलरको रुपमा पुरस्कृत भईसकेका छन ।
उनी नेपालको छिमेकी राष्ट्र चीन, सिंगापुर, मलेसिया थाईल्यान्ड र दुबईमा व्यावसायिक भ्रमण गरिसकेका छन ।
व्यवसायी क्षेत्रमा विगत देखि नै नेपालगञ्जले झेल्दै आएको समस्यालाई समाधान गर्ने अठोटका साथ उनले उम्मेद्वारी दिएका छन ।
टिप्पणीहरू