किस्मत खतिवडा
२८ कात्तिक, बिराटनगर । छन्दवाटिका नेपालले एक कार्यक्रमको आयोजनामा गरी कार्तिक २७ गते मंगलबार कोशी प्रदेश बिराटनगर स्थित देवकोटा चोकमामा महाकवि देवकोटाको ११६औँ जन्मजयन्ती मनाएको छ ।
विराटनगरका विशिष्ट व्यक्तित्वहरूको उपस्थिति रहेको उक्त कार्यक्रममा देवकोटाको शालिकमा माल्यार्पण गरी एक दर्जन बढी कविहरूबाट कविता वाचन गरिएको थियो ।
Advertisement
उक्त कार्यक्रममा छन्दवाटिका नेपालका अध्यक्ष श्री हरि कट्टेलले अध्यक्षता गर्नु भएको थियो भने प्राज्ञ बिवश पोखरेलको प्रमुख आतिथ्य तथा प्राज्ञ खेम नेपालीको बिशिष्ट आतिथ्यता रहेको थियो।
साहित्यकारहरू भरत बर्बरिक, बाबुराम पोखरेल, भारती पोखरेल, डा. देवी पन्थी, भक्ति दाहाल, भवानी प्रसाद पोखरेल, भूपाल अधिकारी ऋषि तिवारी कुमार श्रेष्ठ, शारदा भट्टराई, स्वयम्भू कार्की, रोहिणी रसिक, प्रमोद ढकाल, निर्मला कोईराला, प्रिन्स प्रमोद, सविना श्रेष्ठ, अम्विका खरेल उप्रेती भैरव क्षेत्री लक्ष्मण यादव, कर्ण संजय, मन्जु गिरी मिन कुमार नवोदित लगायत थुप्रै साहित्यकार, संस्कृतिकर्मी, पत्रकार व्यक्तित्वहरूको कार्यक्रम मा उपस्थिति थियो ।
Advertisement
कार्यक्रममा प्राज्ञ विवश पोखरेल लगायतका अतिथि वक्ताहरूले यो कार्यक्रम सान्दर्भिक रहेको बताउदै देवकोटाको व्यक्तित्व कृतित्वको चर्चा गरे भने संस्थाका अध्यक्ष हरि कट्टेलले कार्यक्रमको औचित्यमाथि प्रकाश पार्दै महाकवि देवकोटा प्रति श्रद्धाभाव अर्पण गरे । कार्यक्रम छन्द वाटिकाका सचिव चिरञ्जीवी काफ्लेले सञ्चालन गररेका थिए । छन्दवाटिका नेपालले विगतदेखि नै देवकोटा जन्मेको दिन कार्तिक २७ गते विविध कार्यक्रमहरु गरी उनको जन्मजयन्ती मनाउदै आएको छ । महाकवि देवकोटाको जन्म १९६६साल कार्तिक २७ गते भएको थियो ।
टिप्पणीहरू