१७ साउन, बाँके । नेपाल र भारतको सीमा हुँदै नेपाल भित्रयाउदै गरेको अवस्थामा ७ हजार गोटा कुखुराको चल्ला सशस्त्र प्रहरीले बरामद गरेको छ ।
सशस्त्र प्रहरी बलको बढैया बिओपीबाट खटिएको सशस्त्र प्रहरीले खजुरा गाउँपालिका वडा नम्बर १ चन्द्रनगरबाट बेवारिसे अवस्थामा रहेका आठ वटा साइकलमा कुखुराको चल्ला लोड गरेको अवस्थामा नियन्त्रणमा लिएको हो ।
Advertisement
सशस्त्र प्रहरी बढैया बिओपीबाट सशस्त्र प्रहरी निरीक्षक साहीको कमांडमा खटिएको मोबाईल टोलिले गोप्य सूचनाको आधारमा भारतबाट नेपाल भित्रिदै गरेको अवस्थामा आठ वटा साइकलमा प्रती साइकल २ हजारको दरले ७ हजार गोटा कुखुराको चल्ला नियन्त्रणमा लिएको हो । उक्त चल्लाको करिब ५ लाख ६८ हजार रुपैयाँ मुल्य रहेको सशस्त्र प्रहरीको अनुमान छ ।
भारतबाट नेपाल भित्रयाउदै गरेको अवस्थामा खटिएको सशस्त्र प्रहरीको टोलिलाई हेर्नसाथ तस्करहरू भागेका बढैया बिओपीका इंचार्ज सशस्त्र प्रहरी निरीक्षक हरी बहादुर साहीले जानकारी दिए ।
Advertisement
बिहानको समयमा चोर बाटो हुँदै नेपाल भित्रयाइरहेको अवस्थामा पुगेका सशस्त्र प्रहरी उपरीक्षक साहीले बताए ।
उनले नियन्त्रणमा लिएका चल्ला अवाश्यक कारवाहीको लागि पशु क्वारेन्टाइनमा बुझाउने तयारी गरिएको भएपनी पशु क्वारेन्टाइनले लीन नमाने पछि जानकी वडा नम्बर १ का वडाध्यक्ष मोहम्मद रजा राई, साईगाउँ प्रहरी चौकी इंचार्ज फत्ते शिंह चौधरी, स्थानीय लगाएतको उपस्थितिमा खडल खनी नष्ट गरिएको सशस्त्र प्रहरी ३० नम्बर गण बागेश्वरी बाँकेका सशस्त्र प्रहरी प्रवक्ता डीएसपी लक्ष्मण थापाले बताए ।

















टिप्पणीहरू