Close sidebar
  • ताजा
  • लोकप्रिय
  • कपिलवस्तु : राष्ट्रिय स्वराज पार्टी विस्तार तीब्र गतिमा

    ७ साउन, कपिलवस्तु । कपिलवस्तुमा राष्ट्रिय स्वराज पार्टीको प्रशिक्षण तथा पार्टी बिस्तार कार्यक्रम सम्पन्न भएको छ ।

    केन्द्रीय नेता जितेन्द्र चौधरीको अध्यक्षतामा सम्पन्न भएको कार्यक्रम बीच विभिन्न पार्टी परित्याग गरी ३० जना भन्दा बढी नेता कार्यकर्ता नवगठित राष्ट्रिय स्वराज पार्टीमा प्रवेश गरेका छन् ।

    Advertisement

    कपिलवस्तु जिल्लाका संयोजक मोहम्मद हुशेन खानले आयोजना गरेका उक्त कार्यक्रममा राष्ट्रिय स्वराज पार्टीका नेता हकिकुल्लाह खान, भगवानदास यादव, केन्द्रीय नेता बिरबल बराई, शिव सुन्दर जैसवाल लगाएतको उपस्थिती रहेको थियो ।

    यतिबेला राष्ट्रिय स्वराज पार्टी पश्चिम देखि पूर्व मधेसमा बिस्तार तीब्र गतिले अगाडी बढेको छ । राष्ट्रिय स्वराज पार्टी स्वराजी क्रान्तिकारी नेता इरफान अहमद शेषको नेतृत्वमा देशव्यापी रुपमा गठन भइरहेको बुझिएको छ ।

    Advertisement

    यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

    तीनकुनेमा भएको राजावादीको आन्दोलन घटनालाई तपाईं कसरी हेर्नुहुन्छ ?





    Translate »