Close sidebar
  • ताजा
  • लोकप्रिय
  • नेपालगञ्ज आउदैँ गरेको ट्रक शिवखोलाको पुलबाट खस्यो

    ३ साउन, बाँके । भैरहवाबाट नेपालगञ्ज आउदैँ गरेको ट्रक दुर्घटना भएको छ । पूर्वपश्चिम राजमार्ग अन्तर्गत बाँके र दाङको सिमानामा पर्ने शिवखोलामा ट्रक दुर्घटना भएको हो ।

    दाङको लमही नगरपालिका-९ अमिलिया र बाँकेको सिमानामा पर्ने शिवखोलाको पुलबाट लु१ख ८६०९ नम्बरको ट्रक खसेको हो ।

    Advertisement

    चालक ट्रकभित्र फसेका र उनको उद्धारको प्रयास भइरहेको प्रहरीले जनाएको छ ।

    घाइते अवस्थामा रहेका चालकलाई उद्धारको प्रयास भइरहेको जिल्ला प्रहरी कार्यालय दाङले जनाएको छ । साढे २ घण्टादेखि चालक घाइते अवस्थामा ट्रकभित्र फसेका छन् ।

    Advertisement

    तस्बिर :पूर्णप्रकाश विश्वकर्मा/रासस

    Advertisement

    यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

    तीनकुनेमा भएको राजावादीको आन्दोलन घटनालाई तपाईं कसरी हेर्नुहुन्छ ?





    Translate »