१ साउन, बाँके । बाँकेको नेपालगञ्ज निशुल्क एमबुलेन्स सेवा सुरु भएको छ । उपमहानगरपालिकाले चौबिसै घण्टा निःशुल्क एम्बुलेन्स सेवा सुरु गरेको हो ।
नगरमा रहेका गरिब, असहाय, प्रसुती सेवा लिने महिला, अपांगता भएका, जेष्ठ नागरिक र आकस्मिक सेवाका विरामीलाई घरदेखि अस्पताल सम्म पुर्याउन निःशुल्क एम्बुलेन्स सेवा सुरु गरिएको हो ।
Advertisement
निःशुल्क एम्बुलेन्स सेवा सुभारम्भ कार्यक्रममा बोल्दै नगर प्रमुख प्रशान्त विष्टले विरामीहरुको अस्पतालसम्म सरल र सहज पहुँचका लागि निःशुल्क एम्बुलेन्स सेवा संचालन गरिएको बताए ।
उनले भने, ‘अस्पतालसम्म पुग्न विरामीले कुनै कठिनाई भोग्न नपरोस् भन्ने उद्देश्य हो, स्थानीय सरकार जनताको सुखदुःखमा संगसंगै हुनुपर्दछ भन्ने हाम्रो मान्यता हो । चौबिसै घण्टा उपमहानगरनगरपालिकाको कार्यालयभित्र एम्बुलेन्स स्ट्याण्डबाई रहन्छन्, हामीले प्रदान गरेको मोबाइल नम्बरमा सम्पर्क गरेपछि विरामीलाई समयमै अस्पताल पुर्याउने व्यवस्था गरेका छौँ ।’
Advertisement
यस्तै, उपप्रमुख कमरुद्दिन राईले आकस्मिक विरामीहरुको सहजताका लागि एम्बुलेन्स सेवा प्रभावकारी हुने बताए ।
प्रमुख प्रशासकीय अधिकृत शिवप्रसाद रिजालले निःशुल्क एम्बुलेन्स सेवाले नगरवासी लाभान्वित हुने बताए ।
Advertisement
स्वास्थ्य महाशाखा प्रमुख रामबहादुर चन्दले लुम्बिनी प्रदेशमै बाँकेमा उच्च रहेको मातृशिशु मृत्युुदर घटाउन एम्बुलेन्स सेवा प्रभावकारी हुने विश्वास ब्यक्त गरे ।
हाल नेपालगञ्ज उपमहानगरपालिका कार्यालय भित्र ३ वटा एम्बुलेन्स स्ट्याण्डबाई रहनेछन् । नेपालगञ्जमा २० वटा एम्बुलेन्स संचालनमा छन् ।

















टिप्पणीहरू