२९ असार, बाँके । बाँकेको जानकी गाँउपालिकामा यति बेला किर्ते हस्ताक्षर बारे चौतर्फी आलोचना भएको छ । योजना अनुगमन समितिको प्रतिवेदनमा गाँउपालिका उपाध्यक्ष रामप्यारी यादवको किर्ते हस्ताक्षर गरिएको पाइएको छ । रकम निकासा अघि नै घटना बाहिरिएपछि किर्ते हस्ताक्षर कस्ले गर्यो भन्ने विषयमा व्यापक आलोचना भएको छ ।
२०८० साल बैशाख १० गते सम्झौता भई असार १५ गते भित्र गाँउपालिकाको मुख्य प्रवेशद्वार निर्माण गर्न पालिका र निर्माण व्यवसायी दिपक विल्डर्स बीच सम्झौता भएको थियो । सात लाख ५० हजार लागतमा निर्माण भएको उक्त प्रवेशद्वारको रकम भुक्तानी कै क्रममा उपाध्यक्ष यादवको हस्ताक्षर किर्ते गरिएको छ ।
Advertisement
उक्त संरचना निर्माण पछि भुक्तानी निकासा मागअघिको फारममा उपाध्यक्ष यादवको हस्ताक्षर किर्ते गरिएको थाहा पाएपछि फाईल आफ्नो नियन्त्रणमा लिएकी छन ।
पालिका अधिकृत सिंहराज डाँगी अनुसार अनुगमनको संयोजककै हस्ताक्षर किर्ते पाइएपछि रकम निकासा रोकिएको छ । उनले भने, ‘असार १५ गते सम्मको म्यादमा ७ दिन अगाडि नै योजना सम्पन्न भएर आएको छ । अनुगमनको फारममा यस र्फमले कामगर्ने क्रममा किर्ते गरिएको पाइएको छ ।’
Advertisement
उक्त र्फमले हस्ताक्षर किर्ते गरेको विषयमा स्वीकार समेत गरिसकेको अधिकृत डाँगीले पत्रकार सम्मेलनमा जानकारी दिए । पालिकाले प्रशासनिक रुपमा कार्वाही गरिसकेको जनाएको छ ।
हस्ताक्षर किर्ते गर्नेलाई कार्वाहीका लागि दुई दिन सम्म उपाध्यक्ष यादव जिल्ला प्रहरी समेत धाइसकेको जानकारी दिइन । गलत गर्ने जोकोही भएपनि कार्वाहीको दायरामा ल्याउनुपर्ने उनले बताइन ।
Advertisement
उनले भनिन्, ‘दुई दिन सम्म दर्ता भएन त्यसैले फाइल फिर्ता ल्याए । म आफै २-४ दिन सम्म विचार गर्छु को दोषी छ वा छैन ।’ फेरी पनि फाइल जिल्ला प्रहरीमा लग्ने उनले बताइन ।
योजना तथा अनुगमन समितिको प्रतिवेदनमा संयोजनक उपाध्यक्ष यादव, पूर्वाधार विकास संयोजक टिकानाथ यादव, कार्यपालिका सदस्य कान्ती कान्दु, प्राविधिक शाखा प्रमुख धन बहादुर रोकाय, प्रमुख प्रशासकिय अधिकृत सिंहराज डाँगी र योजना शाखा प्रमुख शोभा पौडेलको हस्ताक्षर छ । तर उपाध्यक्ष यादवको हस्ताक्षर किर्ते रहेको बुझिएको छ ।
टिप्पणीहरू