Close sidebar
  • ताजा
  • लोकप्रिय
  • नियमित व्यायाम किन गर्ने ?

    अहिले आम मानिसमा मोटोपन मुख्य समस्याका रुपमा देखा परेको छ । त्यसैले यसको व्यवस्थापनको मुख्य उपाय भनेको शारीरिक अभ्यास हो । शरीरलाई स्वस्थ र सन्तुलित राख्न व्यायाम आवश्यक पर्छ । थाहा पाउनुहोस नियमित व्यायाम गर्दा हुने फाइदा :

    • आधा घन्टाजति हल्का व्यायाम गर्दा पनि स्वास्थ्य निकै राम्रो हुन्छ।
    • तौल नियन्त्रण तथा शारीरिक र मानसिक स्वास्थ्य सुधार्न तपाईंले बिहान दौडिने, साइक्लिङ, योगा वा हल्का कसरत गर्न सक्नुहुन्छ ।
    • मदिरा र धूम्रपानको कुलत छुटाउन या घटाउन पनि यो सहयोगी सिद्ध हुन्छ ।
    • यसले कोलेस्ट्रोल र उच्च रक्तचापलाई पनि घटाउँछ ।
    • व्यायामले तनाव कम गर्न सघाउँछ र रिल्याक्स फिल हुन्छ। जसले गर्दा एन्जाइटी, डिप्रेसन, निद्रा नलाग्ने समस्याबाट पनि बच्न सकिन्छ ।
    • यसले हृदयाघात, स्ट्रोक क्रोनिक, प्यारालाइसिस, किड्नी, लिभर लगायत संक्रमणबाट जोगाउन पनि सहयोग पुर्‍याउँछ ।
    • लस्कुले बालबालिकालाई पनि व्यायाम गराउन आवश्यक छ। मोटोपन भएका बालबालिकालाई व्यायाममा अझ बढी प्रोत्साहन दिनुपर्छ ।

    Advertisement

    यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

    तीनकुनेमा भएको राजावादीको आन्दोलन घटनालाई तपाईं कसरी हेर्नुहुन्छ ?





    Translate »