Close sidebar
  • ताजा
  • लोकप्रिय
  • सदभावको शहर: लभ-जिहादका कारण ८ दिनदेखि नाबालिका अपहरणमा

    १२ जेठ, बाँके । एक घटनाका कारण यति बेला बाँकेको नेपालगञ्ज शहरमा हिन्दू र मुस्लिम समुदाय बीच दरार पैदा भएको छ ।

    हिन्दु समुदायको नाबालिका १७ वर्षिय किशोरीलाई मुस्लिम समुदायका एक किशोरले अपहरण (शरिर बन्धक) बनाएर जबरजस्ती करणी गरिरहेको बताउदै पिडित आफन्त तथा हिन्दुवादीहरु यति बेला सडकमा उत्रिएका छन । नेपालगञ्ज उपमहानगरपालिका वडा नं. ११ पसाङ्गल्यामु मार्ग नजिक बस्ने मेहदी राईका २१ वर्षिय छोरा नुर आलम राईले नाबालिकालाई मायाको जालोमा पारेर अपरहण गरेर जबरजस्ती करणी एवं मावन बेचविखन गरेको आरोप लगाउदै नेपालगञ्ज स्थित त्रिभुवन चोकमा हिन्दु समुदाय एवं हिन्दुवादीहरु सडकमा दबाबमुलक प्रदर्शन गरेका छन ।

    Advertisement

    राई विरुद्ध जिल्ला प्रहरी कार्यालय बाँकेमा मुद्दा दर्ता समेत भईसेको छ । उनी विरुद्ध शरिर बन्धक, जबरजस्ती करणी, मानव बेचविखन तथा ओसारपसार (नियन्त्रण) ऐन २०६४ अन्र्तगत मुद्दा दर्ता भएको हो । पिडितले मुद्दा दर्ता गराउन समेत सास्ती खेप्नु परेको छ । पिडित पक्ष केही दिन देखि मुद्दा दर्ता गराउन निकै कसरत गर्नुपरेको उनीहरु बताउँछन । गत जेठ ५ गते घटेको घटना पश्चात आज ८ दिन पश्चात मात्रै प्रहरीले मुद्दा दर्ता गरेको छ । केही राजनीतिक दलका नेताहरुको दबाबमा प्रहरीले मुद्दा दर्ता गर्न नमानेको पिडित पक्षको आरोप छ ।

    नाबालिकाकी आमा मीना कहारिनले आज जिल्ला प्रहरी कार्यालयमा मुद्दा दर्ता गराएको बताईन । उनका अनुसार नेपालगञ्ज ८ स्थित गत जेठ ५ गते बिहान ८ बजेको समयमा कक्षा १२ को परिक्षा दिन परिक्षा केन्द्र महेन्द्र स्कुलमा गएकी नाबालिका फिर्ता नआएपछि खोजी शुरु गरिएको थियो ।

    Advertisement

    समयमै घर नफर्किदा उनको खोजी गर्दै अभिभावक उक्त परिक्षाकेन्द्र पुग्दा बन्द भईसकेको थियो । नाबालिक छोरीको विषयमा आफन्त लगायत उनको साथीहरुलाई समेत संग सोधपुछ गर्दा समेत कुनै पनि जानकारी आएन ।

    उनकी आमाले भनिन्, ‘मैले विश्ववास गरेर घरको साचो समेत राख्न दिएकोमा मैले घर बनाउन का लागि राखेको नगद १२ लाख र सुनचादीको गहना ३ लाख ५० हजार बराबरको समेत घरको अलमारीमा भेटाइन ।’

    Advertisement

    त्रिभुवनचोकमा घटनाको विरोध एवं प्रशासनलाई दबाबका गरिएको प्रदर्शनमा बोल्दै उनीकी आमा कहारिनले मिडियालाई भनिन्, ‘मेरो नाबालिक छोरीलाई अन्यायीहरुले अपहरण गरेर भारत लगेका छन । अन्यायीहरुले मेरो छोरी माथि जबरजस्ती करणी गरी रहेको थाहा पाएपछि किन यस्तो अन्याय गर्नुभयो ? भनि अन्यायीहरु संग भन्दा अन्यायीहरुले हामीहरुले तिम्रो छोरीलाई उक्त अनुसारको कसुर गरेका यी कराहरु कही कतै प्रहरीमा उजुरी गरायो भने तिम्रो र तिम्रो छारीको ज्यान समाप्त पारी दिन धम्की दिएका छन ।’

    २१ वर्षिय राईले नाबालिकालाई शरिर बन्धक बनाएर जवरजस्ती करणी गरिरहेको र मानव बेचविखन तथा ओसारपसार (नियन्त्रण) ऐन २०६४ को कसुर गरेको बताउदै मुलकी फौजदारी अपराध संहिता २०७४ को दफा २११, २१२, २१९ दर्ता भएको छ ।

    Advertisement

    यस घटनाले यति बेला दुई समुदाय बीचको आपसी सदभावमा दरार पैदा गरेको छ । प्रहरी प्रशासनले उक्त घटनालाई गम्भिर रुपमा अनुसन्धान नगरे यो भन्दा पनि कडा रुपमा प्रर्दशन गर्ने पिडितले चेतावनी समेत दिएका छन ।

    नाबालिक छोरी बेपत्ता भएकै चिन्तामा डुवेर उनको हजुरबुबाको हार्टअटैकका कारण मृत्यु भएको छ ।
    आन्दोलनमा उत्रिएका आफन्त एवंं हिन्दुवादीहरु त्रिभुवन चोकमा आज साँझ चक्काजाम गर्दै लब जिहाद बन्द गर्न र बालिकालाई उपस्थित गराएर दोषीलाई कार्वाही गर्न माग गरेका छन ।

    यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

    तीनकुनेमा भएको राजावादीको आन्दोलन घटनालाई तपाईं कसरी हेर्नुहुन्छ ?





    Translate »