Close sidebar
  • ताजा
  • लोकप्रिय
  • मधेस सहिद लोकमार्ग निर्माण प्रक्रिया अगाडि बढाइयो

    १९ चैत, बाँके । मधेस सरकारले मधेस सहिद लोकमार्ग निर्माण गर्ने प्रक्रिया अगाडि बढाएको छ । मधेस सरकारको भौतिक पूर्वाधार विकास मन्त्रालयले तीन सय ११ किलोमिटरको मधेस सहिद लोकमार्ग निर्माण गर्ने प्रक्रिया अगाडि बढाएको हो ।

    आइतबार जनकपुरधाममा आयोजित पत्रकार सम्मेलनमा मन्त्री सरोजकुमार यादवले कागजमा मात्र सीमित यो मार्ग निर्माणका लागि एलाइनमेन्ट (रुट रेखाङ्कन) सार्वजानिक गर्दै छिट्टै मन्त्रीपरिषद्बाट पारित गरेर टेण्डर प्रक्रियामा लैजाने बताए । मन्त्री यादवले कसैले हिम्मत नगरेसम्म नहुने भएकाले आफूले मधेसको हितका लागि यो निर्माण प्रक्रिया अगाडि बढाउन लागेको दाबी जिकिर गरे ।

    Advertisement

    विगत दुई आर्थिक वर्षदेखि स्वीकृति पाएर पनि निर्माण कार्य अगाडि बढ्न नसकेको सो लोकमार्ग अन्तर्गत सप्तरीमा ६४, सिरहामा ४६, धनुषामा ३० र महोतरीमा २३ किलोमिटर कालापत्रे सडक बन्ने बताइएको छ ।

    दुईलेनको सो सडक सर्लाहीमा ५१, रौतहट २०, बारा ३६ दशमलव ८६ र पर्सामा ४० किलोमिटर कालोपत्रे बन्नेछ । मन्त्रिपरिषद्बाट स्वीकृत भएपछि दुई करोड ५० लाखको लागतमा मार्गको डिपीआर तयार गर्ने प्रक्रियाको थालनी हुने मन्त्रालयले जनाएको छ ।

    Advertisement

    यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

    तीनकुनेमा भएको राजावादीको आन्दोलन घटनालाई तपाईं कसरी हेर्नुहुन्छ ?





    Translate »