Close sidebar
  • ताजा
  • लोकप्रिय
  • मिसन ग्रासरुट : कपिलवस्तुको वाणगङ्गामा विषयगत प्रशिक्षण

    १९ चैत, कपिलवस्तु । नेकपा (एमाले) को दुई महिने मिसन ग्रासरुट (पार्टी सुदृढीकरण तथा विस्तार अभियान) अन्तर्गत पार्टीको वाणगङ्गा नगरपालिका वडा नं. ४ को नगर कमिटीको आयोजनामा शनिबार गजेहडामा विषयगत प्रशिक्षण सम्पन्न भएको छ ।

    प्रशिक्षणमा नेकपा (एमाले) का पोलिबटव्यूरो सदस्य दधिराम न्यौपानेले आउने निर्वाचनमा एमालेको बहुमत आउने गरी उत्साहका साथ जनताका काम गर्न पार्टी कार्यकर्तालाई निर्देशन दिएका छन । नेता न्यौपानेले जनसंगठन निर्माण, परिचालन, संगठित सदस्यको महत्वका विषयमा प्रष्ट्याउँदै पार्टी कमिटीहरु सही तरिकाले परिचालित हुनुपर्नेमा जोड दिए ।

    Advertisement

    जनताको बहुदलीय जनवादका बारेमा प्रशिक्षित गर्दै जबजका १४ विशेषताका बारेमा नेता न्यौपानेले बताएका थिए । उनले पार्टीको नीति कार्यक्रम जनता समक्ष पुर्याउनुपर्नेमा जोड दिए । डिजिटल नेपाल, सामाजिक सुरक्षा, जनताआवास कार्यक्रम, स्वास्थ्य बीमा जस्ता कार्यक्रम एमाले सरकारमा रहेको समयमा अगाडि बढाई समाजवादका आधारहरू तय भैसकेको बताउँदै पूणर् समाजवादले मात्र समृद्ध नेपाल सुखी नेपाली बनाउने लक्ष्य हासिल हुने भनाई नेता न्यौपानेले राखे । कार्यक्रममा प्रदेश कमिटी सदस्य बाबुराम खनालले कम्युनिष्टहरूको शैली, पद्धति र अनुशासनका बारेमा प्रशिक्षित समेत गरेका थिए ।

    कार्यक्रममा वाणगङ्गा नगरपालिकाका मेयर चक्रपाणि अर्याल, उपमेयर रीताकुमारी चौधरी, जिल्ला कमिटी सदस्य पार्वती पाण्डे, वडा अध्यक्ष छविरेश्मी मगर, लोकनाथ ज्ञवाली, कविराज भुषाल, सीता न्यौपाने लगायतले समसामयिक विषयमा बोलेका थिए ।

    Advertisement

    कार्यक्रममा वडा कमिटीका अध्यक्ष देवी पाण्डेले वडाका सातवटै टोलबस्तीमा अभियान लगिएको, कमिटी गठन पुनर्गठन लगायतका कामहरू गरिएको बताए । विषयगत प्रशिक्षण शिविरले नेता कार्यकर्तामा उत्साह थपिएको दावी गरेका थिए ।

    Advertisement

    यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

    बागेश्वरी मन्दिरको पार्किङ परिसरमा मेला लगाउनु प्रति तपाईंको राय के छ ?





    Translate »