Close sidebar
  • ताजा
  • लोकप्रिय
  • राष्ट्रपति समक्ष उपराष्ट्रपतिको निर्वाचनको परिणाम सहितको प्रतिवेदन पेश

    ५ चैत, बाँके । निर्वाचन आयोगले संवत् २०७९ चैत ३ गतेका दिन सम्पन्न उपराष्ट्रपतिको निर्वाचनको परिणामसहितको प्रतिवेदन आज सम्माननीय राष्ट्रपति रामचन्द्र पौडेलसमक्ष पेश गरेको छ ।

    राष्ट्रपति तथा उपराष्ट्रपतिको निर्वाचनसम्बन्धी ऐन, २०७४ को दफा ६० बमोजिम आज राष्ट्रपति भवन शीतल निवासमा माननीय प्रमुख निर्वाचन आयुक्त दिनेश कुमार थपलियाले सो प्रतिवेदन बुझाउनुभएको हो । उपराष्ट्रपतिको निर्वाचनमा कुल ५२,६२८ मतभार मध्ये उपराष्ट्रपति पदका उम्मेदवार श्री रामसहाय प्रसाद यादवले ३०,३२८ मतभार प्राप्त गरी उक्त पदमा विजयी हुनुभएको थियो ।

    Advertisement

    सो अवसरमा सम्माननीय राष्ट्रपतिले नेपालको संविधानको भाग २४ को धारा २४६ मा संविधान र संघीय कानूनको अधीनमा रही राष्ट्रपति, उपराष्ट्रपति, संघीय संसदका सदस्य, प्रदेश सभाका सदस्य, स्थानीय तहका सदस्यको निर्वाचनको सञ्चालन, रेखदेख, निर्देशन र नियन्त्रण गर्नु आयोगको प्रमुख कार्य रहने व्यवस्थाबमोजिम आयोगले ती निर्वाचनहरू स्वच्छ, निष्पक्ष, स्वतन्त्र र शान्तिपूणर्रूपमा कुशलतापूर्वक सम्पन्न गरेकामा आयोगलाई धन्यवाद दिनुभयो । उहाँले निर्वाचन लोकतन्त्रको सुन्दर पक्ष भएकाले निर्वाचन सफलतापूर्वक सम्पन्न हुनुले लोकतन्त्र परिपक्व हुँदै गएको उल्लेख गर्नुभयो ।

    सो अवसरमा माननीय प्रमुख आयुक्त थपलियाले गत फागुन २५ गते सम्पन्न राष्ट्रपतिको निर्वाचनबाट निर्वाचित भई राष्ट्रपति जस्तो मुलुकको सर्वोच्च र गरिमामय पदमा रही महत्वपूणर् जिम्मेवारी सम्हाल्नु भएकोमा सम्माननीय राष्ट्रपतिज्यूप्रति हार्दिक बधाइसहित सफल कार्यकालको शुभकामना व्यक्त गर्नुभयो । उहाँले यो वर्ष निर्वाचन आयोगका लागि निर्वाचनमय वर्ष रहेको उल्लेख गर्दै गत वर्ष २०७८ साल माघ १२ गते राष्ट्रियसभाको रिक्त १९ पदको निर्वाचनबाट सुरु भएको यो सिलसिला यही चैत ३ गते उपराष्ट्रपतिको निर्वाचन सम्पन्न भएसँगै पूरा भएको बताउनुभयो । निर्वाचन सम्पन्न गराउने कार्यमा महत्वपूणर् भूमिका निर्वाह गर्ने नेपाल सरकार, सम्बन्धित निकाय, राजनीतिक दल, उम्मेदवार, मतदाता र सबै पक्षको सहयोगका लागि आयोगकातर्फबाट धन्यवाद व्यक्त गर्नुभयो ।

    Advertisement

    कार्यक्रममा माननीय प्रमुख आयुक्तका साथै माननीय निर्वाचन आयुक्तहरू रामप्रसाद भण्डारी, डा. जानकी कुमारी तुलाधर, सगुनशमशेर जबरा, आयोगका सचिव गोकणर्मणि दुवाडीलगायत सहभागी हुनुभएको थियो ।

    Advertisement

    यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

    तीनकुनेमा भएको राजावादीको आन्दोलन घटनालाई तपाईं कसरी हेर्नुहुन्छ ?





    Translate »