Close sidebar
  • ताजा
  • लोकप्रिय
  • मिडियाकर्मी माथि उपमेयर राईद्वारा दुर्ववहार

    २९ फाल्गुन, बाँके । सार्वजनिक स्थलमा रिर्पोटिङमा खटिएका मिडियाकर्मी माथि नेपालगञ्ज उपमहानगरपालिकाका उपमेयरले दर्ववहार गरेका छन ।

    नेपालगञ्ज उपमहानगरपालिका वडा नं. ८ मा सडक विस्तार क्रममा उत्पन्न विवादका विषयमा स्थलगत रिर्पोटिङमा मिडियाकर्मीले सार्वजनिक चासोको विषयमा उठाएको प्रश्न माथि नेपालगञ्ज उपमेयर खनिएका हुन ।

    Advertisement

    सार्वजनिक पदमा बसेका उपमेयर कमरुदिन राई सोही विवादित स्थलमा पुगेपछि रिर्पोटिङमा खटिएका मिडियाकर्मीले जिल्ला अदालत बाँकेले जारी गरेको उनी विरुद्ध पक्राउ पुर्जीका विषयमा सवाल गरेपछि उपमेयर उनीहरु माथि नै खनिएका थिए ।

    जिल्ला अदालत बाँकेले उपमेयर राई विरुद्ध गत माघ १८ गते दोषि ठहर गर्दै पक्राउ पुर्जी जारी गरेको थियो । उनी विरुद्ध जिल्ला अदालत बाँकेले सार्वजनिक न्याय विरुद्धको कसुरमा अनुसन्धान गर्न जिल्ला प्रहरी कार्यालयलाई पक्राउ गर्न निर्देशन दिएको थियो ।

    Advertisement

    तर एक महिना वित्दा समेत बाँके प्रहरीले उपमेयर राईलाई पक्राउ गर्न सकेको छैन ।

    सोही विषयमा हाम्रो मिडिया नेपालका मिडियाकर्मीले चासो देखाउदै अन्तरवार्ताको लागि समय मागेको थियो र जवाफमा डेढ घण्डा पछि आफु अन्तरवार्ताका लागि तयार रहेको उपमेयर राईले बताएका थिए ।

    Advertisement

    हाम्रो मिडिया नेपालका अनुसार फोन संवादमा उपमेयरले समय दिने बताए पनि आलटाल गरेर समय नदिएको उनी विरुद्ध उक्त मिडियाको आरोप छ ।
    समय दिन भनिएपनि कार्यव्यस्तताका कारण समय मिलाउन नसकेको सार्वजनिक स्थल मै उपमेयर राईले स्पष्ट समेत पारेका थिए ।

    फिल्डमा पुगेका उपमेयरलाई उनी विरुद्ध जारी भएको पक्राउ पुर्जीका बारेमा प्रश्न खडा गरेपछि मिडियाकर्मीलाई नै थर्काउने खालका उच्च स्वर प्रयोग गरेका थिए । उनले प्रेस स्वतन्त्रताको कुनै खयाल नै नगरी मिडियाकर्मीलाई चुप लगाउन प्रयास गरेका छन । यति बेला उनी विरुद्ध चर्को आलोचना समेत भइरहेको छ ।

    Advertisement

    उपमेयर राईले हाम्रो मिडिया नेपालले प्रसारण गरेको भिडियो समाचारमा आफुलाई अपशब्द भनिएको आरोप लगाएका छन ।

    हाम्रो मिडिया नेपालका अनुसार उक्त आरोप फर्जी रहेको र मिडियाले त्यस्तो कुनै पनि शब्द प्रयोग नगरेको जनाएको छ ।

    राई विरुद्ध पुर्वमन्त्री एवं पुर्व सांसद समेत रहेका सर्वदेव ओझाले सार्वजनिक न्याय विरुद्धको कसुरमा किटानी जाहेरी दिएका थिए । अदालतले प्रहरीलाई पक्राउ गर्न निर्देशन अनुरुप पक्राउ पुर्जी जारी गरेको भएपनि प्रहरी मौन बसेको छ ।

    यस अघि ओझाले जिल्ला प्रहरी कार्यालय बाँकेमा उपमेयर राई विरुद्ध सार्वजनिक कसुरमा जाहेरी दिन गएपनि प्रहरीले लिन नमानेको पिडितले आरोप लगाएको छ ।

    बाँके प्रहरी अनुसार राई माथि उक्त आरोपका बारेमा अनुसन्धानकै क्रममा रहेकोले पक्राउ गर्न नसकिएको बताउदै आएको छ ।

    हाम्रो मिडिया नेपालबाट आशिष मल्ल ठकुरी लगायतका मिडियाकर्मी खटिएका थिए ।

    यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

    तीनकुनेमा भएको राजावादीको आन्दोलन घटनालाई तपाईं कसरी हेर्नुहुन्छ ?





    Translate »