Close sidebar
  • ताजा
  • लोकप्रिय
  • अबैध कोइला नियन्त्रणमा

    संजय कुशवाहा
    १८ फागुन, नवलपरासी । पश्चिम नवलपरासीमा सशस्त्र प्रहरीले तस्करीमा संलग्न ३ ट्याक्टर र कोईला गरी १५ लाख ९७ हजार ५ सय मुल्य बराबरको अवैध कोईला नियन्त्रणमा लिएको छ ।

    नवलपरासी पश्चिममा सशस्त्र प्रहरी प्रमुख एसपी धिरेन्द्र राज न्यौपानेले जिल्लामा आएदेखि अबैध काम गर्ने माथि धमाधम एक्सन लिँदै आएका बुझिएको छ । भारत र नेपाल बीच अबैध रुपमा आयात – निर्यात गर्ने गिरोह सक्रिय भईरहेको खबर सार्वजनिक पश्चात एसपी न्यौपानेले अवैध काम गर्नेमाथि कडा एक्सन थालेको हो । उनको कमाण्डमा बिहीबार ठुलो परिमाणमा अवैध कोइला बरामद भएको हो ।

    Advertisement

    सशस्त्र प्रहरीले बिहीबार अवैध भन्सार छली चोरी पैठारीमा संलग्न ३ वटा ट्याक्टर अंन्दाजी १५ लाख बढीको मुल्य बराबरको अवैध कोईला प्रतापपुर गाँपालिका वडा .४ हरखपुरा नजिकैबाट नियन्त्रणमा लिएको हो । बिहीबार बिहानको समयमा भारतबाट भन्सार छलि अवैध रुपमा ल्याउदै गरेको अन्दाजी ९७ हजार ५ सय मुल्य बराबरको कोईला लु १ त १९०५, लु १ त ५४०९, लु २ त १९११ नम्बरको ट्याक्टरमा कोईला लोड गरिएको सशस्त्र प्रहरी भुजहवाबाट खटिएको प्रहरी टोलीले प्रतापपुर गाउँपालिका वडा न.४ हरखपुरा स्थितबाट बरामद गरेको हो ।

    नियन्त्रण्मा लिईएका ट्याक्टर र कोईला आवश्यक कारवाहीको लागि महेशपुर भन्सार कार्यालय बुझाईएको सशस्त्र प्रहरी बल नेपाल नं २६ गण हेडक्वाटर बेलाशपुरका सूचना अधिकारी सशस्त्र प्रहरी नायब उपरिक्षक केशव राज थापाले जानकारी दिए ।

    Advertisement

    यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

    तीनकुनेमा भएको राजावादीको आन्दोलन घटनालाई तपाईं कसरी हेर्नुहुन्छ ?





    Translate »