Close sidebar
  • ताजा
  • लोकप्रिय
  • १ सय ५० भन्दा बढी नेताकार्यकर्ता राष्ट्रिय स्वराज पार्टीमा प्रवेश, अधिकतम जनमत पार्टीका सदस्य

    १९ माघ, बाँके । राष्ट्रिय स्वराज पार्टीले बाँकेमा आफ्नो अभियानलाई तीब्र पारेको छ । बुधबार उक्त पार्टीले पहिलो पटक बाँकेबाट कमिटी गठन गरेको एक कार्यक्रम मार्फत घोषणा गरेको थियो ।

    बुधबार घोषणा पश्चात अभियानलाई चरम रुपमा निरन्तरता दिदै नेपालगन्ज एक कार्यक्रम बीच करिब १ सय ५० भन्दा बढी नेताकार्यकर्ताहरुलाई पार्टी प्रवेश गराइएको पार्टीले जनाएको छ ।

    Advertisement

    राष्ट्रिय स्वराज पार्टीको श्रोत अनुसार प्रवेश हुनेहरुमा अधिकतम जनमत पार्टीको सदस्य रहेका छन ।

    उक्त पार्टी प्रवेश कार्यक्रममा केन्द्रीय संयोजक इरफान अहमद शेष, केन्द्रीय सहसंयोजक चन्द्रशेखर सुनार, केन्द्रीय महिला नेतृ जोया शेष, जिल्ला सभापति अब्दुल कादिर साई, उपसभापति ताहिर राई र सकिल जसगड, जिल्ला संरक्षक रियाज अहमद शेष, नेता जाबिर हल्वाई, महिला जिल्ला इन्चार्ज नाजमा बागवान, युवा नेता हुशेन अंसारी, संस्थापक नेता नौसाद अंसारी, खेमराज मौर्य, मुस्तफा शेष लगायतका विशेष नेताहरूको उपस्थिति रहेको राष्ट्रिय स्वराज पार्टीकी केन्द्रीय नेतृ जोया शेषले जानकारी दिईन ।

    Advertisement

    उक्त सभालाई सम्बोधन गर्दै संयोजक शेषले भने, ‘जनमत पार्टीका मुखिया मधेसी जनताको लागि होइन, मधेसी युवाहरुलाई आफ्नो हैकमवादी पवृति लाद्नको लागि संघर्ष गराएका हुन ।’

    उनले थप भने, ‘आजसम्म मधेसलाई राज्यले हेला गरिरहेको छ त्यसैले समाजको संघर्षलाई अगाडी बढाउन राष्ट्रिय स्वराज पार्टी गठन भएको हो । हाम्रो एजेण्डामा मधेस एकीकरण, पूर्ण समानुपातिक निर्वाचन प्रणाली, जनसंख्याको आधारमा निर्वाचन क्षेत्र निर्धारण, समान शिक्षा नीति, गाँस, वास र कपास, शिक्षा, स्वास्थ्यको ग्यारेन्टी, विभेदमुक्त समाज, समान न्याय ब्यवस्थामा आधारित संघर्ष रहेका छन ।’

    Advertisement

    यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

    बागेश्वरी मन्दिरको पार्किङ परिसरमा मेला लगाउनु प्रति तपाईंको राय के छ ?





    Translate »