Close sidebar
  • ताजा
  • लोकप्रिय
  • आज भोजपुरीका सुपर स्टार धीरेन्द्र धांसु (खेसारी-२) आउदै

    १९ माघ, बाँके । बाँकेको नेपालगञ्जमा जारी महोत्सवमा आज बिहीबार भोजपुरीका सुपर स्टार धीरेन्द्र धांसु (खेसारी-२) आउने भएका छन ।

    नेपालगञ्जको कारकादो स्थित सडक डिभिजन परिसरमा जारी चौथो प्रादेशिक औद्यौगिक लघु, घरेलु तथा कृषि, प्रविधि, व्यापार एवं पर्यटन महोत्सवको मञ्चमा अन्तरराष्ट्रिय एवं राष्ट्रिय कलाकारहरुको बेजोड प्रस्तुति रह्नेछ ।

    Advertisement

    बिहीबार खेसारी-२ संगै गायिका अनिसा वर्मा, प्रोग्राम आर्गनाईजर मनोज भास्कर, एक्टर बिक्की जायसवाल, गायक गौरब मिश्रा आउने भएका प्रचारप्रसार समितिका संयोजक भागवत कंडेलले जानकारी दिए ।

    नेपाल घरेलु तथा साना उद्योग महासंघ बाँके र शिवालय सेक्युरिटी तथा मल्टीपर्पोज कम्पनी प्रा. लि.को संयुक्त आयोजनामा अझै ५ दिन सम्म जारी रह्ने महोत्सवमा आज एमउबी.एम.पी म्पूजिककी दमदार प्रस्तुति समेत रह्नेछ भने मोडल नेहा राज, मुस्कान जानू, चाहत जी, पायल आउने कार्यक्रम तय भएको आयोजकले जनाएको छ ।

    Advertisement

    यस्तै, आज गायिका उमादेवी खनाल, डान्सर बबिता धिताल, स्थानिय गायक अशोक रावलको समेत प्रस्तुति रह्नेछ भने आज कार्यक्रम प्रेरणा गिरीले उद्धोषण गर्ने कार्यक्रम तय भएको छ ।

    यस बाहेक दर्शको थप मनोरञ्जनका लागि दैनिक लुम्बिनी प्रदेश स्तरिय नृत्य प्रतियोगिता समेत भईरहेको छ । आज एस एम कला केन्द्र ग्रुपको समेत प्रस्तुति रह्नेछ ।

    Advertisement

    यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

    तीनकुनेमा भएको राजावादीको आन्दोलन घटनालाई तपाईं कसरी हेर्नुहुन्छ ?





    Translate »