१८ माघ, बाँके । भारतको झारखण्डमा भएको आगलागीमा १४ जनाको ज्यान गएको छ । ३६ जना घाइते भएका छन् । झारखण्डको धनवादमा रहेको एक अपार्टमेन्टमा गएराति आगलागी भएको हो ।
धनबादको जोरफाटक शक्ति मन्दिर रोडमा रहेको आशिर्वाद अपार्टमेन्टमा मंगलबार साँझ करिब ६ः३० बजे आगलागी भएको हो । यही अपार्टमेन्टमा बस्ने सुबोध लालकी छोरीको विवाह भएको थियो ।
Advertisement
भारतीय सञ्चारमाध्यमका अनुसार आगलागीमा ज्यान गुमाउनेमा महिला र बच्चा रहेका छन् । उनीहरु विवाह समारोहमा सहभागी रहेको खबरमा उल्लेख छ । आगलागीको समयमा भवनमा कति मानिस थिए भनेर खुलेको छैन । सुरक्षाकर्मी र अग्नि नियन्त्रकले भवनमा फसेका केहिको उद्धार गरेका छन् । साथै आगो निभाएका छन् । आगलागीको कारण खुलेको छैन ।
भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले घटनाको दुःख व्यक्त गरी घाइतेको स्वास्थ्य लाभको कामना गरेका छन ।
Advertisement
Deeply anguished by the loss of lives due to a fire in Dhanbad. My thoughts are with those who lost their loved ones. May the injured recover soon: PM @narendramodi
— PMO India (@PMOIndia) January 31, 2023
Advertisement
उनले भने, ‘धनबादमा आगलागीमा परी ज्यान गुमाएकामा गहिरो दुःख । मेरा विचारहरू आफ्ना प्रियजनहरू गुमाउनेहरूसँग छन् । घाइतेहरुको छिट्टै निको हुने कामना गर्दछु ।’
Advertisement
भारतीय सञ्चारमाध्यम जागरणले उल्लेख गरे अनुसार आगलागीमा जलेर र निसास्सिएर १४ जनाको ज्यान गएको छ । त्यहाँ ३६ जना घाइते भएका छन् ।

















टिप्पणीहरू