१६ माघ, बाँके । बाँकेको नेपालगञ्जमा जारी महोत्सवमा सोमबार चर्चित ख्याती प्राप्त र्यापर माईलाले दमदार प्रस्तुति राखेका छन ।
नेपालगञ्जको कारकादो स्थित सडक डिभिजन परिसरमा जारी चौथो प्रादेशिक औद्यौगिक लघु, घरेलु तथा कृषि, प्रविधि, व्यापार एवं पर्यटन महोत्सवको मञ्चमा सातौ दिन र्यापर माईला, टिकटकबाट चर्चामा आएकी टिकटक कोमल डान्सर र विजय पुनले प्रस्तुति राखेका छन ।
Advertisement
आजका मुख्य केन्द्रबिन्दु समेत रहेका र्यापर माईलाको नेपालगञ्जमा निकै ठूलो क्रेज रहेका छन । र्यापर माईला नेपालगञ्जमा पुग्दा उनीसंग फोटो खिचाउने दर्शकको लाईन नै लागेको थियो । उनले आज आफ्ना बिभिन्न र्याप गीतहरु दर्शक माझ प्रस्तुत गर्दै दर्शकबाट निकै राम्रो सहयोग पाएको बताए । नयाँ पुस्तका युवा, युवती सहित बालबालिकाहरुले उनको र्याप गीत निकै मन पराएका छन ।
यस्तै, टिकटक मार्फत आफ्नो प्रतिभा देखाएर भाईरल बनेकी टिकटक कोमल डान्सरले बिभिन्न गीतमा नृत्य प्रस्तुत गरेकी थिइन । उनको भोलि सम्म नेपालगञ्जमै बसाई रह्ने बुझिएको छ । उनले भोलि पनि नेपालगञ्ज महोत्सवको मञ्च पाउने प्रचारप्रसार समितिका संयोजक भागवत प्रसाद कंडेलले जानकारी दिए ।
Advertisement
मंगलबार रामजी खाँड, गायक विजय पुन, डान्सर आरुसी मगर, टिकटक स्टार कोमल डान्सरको प्रस्तुति रह्ने संयोजक कंडेलले जानकारी दिए ।
आज सोनी डान्स ग्रुपको समेत प्रस्तुति रहेको थियो । उतm ग्रुपको दमदार प्रस्तुति दर्शकले निकै मन पराईदिएका एक दर्शकले बताए ।
Advertisement
दर्शकको मनोरञ्जन र नयाँ कलाकारहरुको उत्पादन एवं स्थानिय कलालाई प्रवद्र्धनका लागि हरेक दिन लुम्बिनी प्रदेश स्तरीय प्रतियोगिता समेत भईरहेको छ भने दैनिक दिउँसो २ बजेदेखि कुस्ती प्रतियोगिता समेत भईरहेको छ ।
टिप्पणीहरू