Close sidebar
  • ताजा
  • लोकप्रिय
  • पशु स्वस्थ छ भने मात्र त्यसबाट उत्पादित वस्तु स्वस्थ हुन्छ : बरिष्ठ पशु चिकित्सक अतिस

    १६ माघ, बाँके । पशु कल्याणको क्षेत्रमा बिगत ३ बर्ष देखि काम गरी रहेको एनिमल नेपालको आयोजनामा पशु कल्याण सुनिश्चित बिषयमा पत्रकारहरु संग अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ ।

    पशुपक्षी कल्याण सुनिश्चितका लागि मिडिया मार्फत सम्बन्धित निकायलाई ध्यानाकर्षण गराउन आईतवार नेपालगञ्जमा एनिमल नेपालले पत्रकारहरु संग अन्तरक्रिया कार्यक्रम गरेको हो । पशु कल्याणकाको बिषयमा सरोकारवालाको ध्यान जान नसक्दा बेजुवान पशुहरुले सास्ती खेप्दै आउनुपरेको आयोजकको गुनासो रहेको छ ।

    Advertisement

    बरिष्ठ पशु चिकित्सक अतिस कुमार यादवले एनिमल नेपालले बिगत ३ बर्ष देखि पशु कल्याणका बारेमा काम गर्दै आएको जानकारी दिए ।

    पशु कल्याणका बारेमा काम गर्दै आएको एनिमल नेपालले ‘पशुपक्षीहरूका लागि आहारको राम्रो व्यवस्था हुनुपर्छ, राम्रो वातावरणमा बस्न पाउनुपर्छ, उसको स्वास्थ्यको ख्याल गर्नुपर्छ, जनावरहरूको व्यवहार अनुसार स्वतन्त्र भएर बाँच्न दिनुपर्छ, कुनै पनि मानसिक तनाव दिनुहुँदैन’ भन्ने यी पाँच विषयको सुनिश्चित हुनुपर्ने दृढ छ ।

    Advertisement

    मानिसहरूले पशुपक्षीलाई दर्दनाक तरिकाले पाल्ने, मार्ने गरि राखेको गुनासो गर्दै बरिष्ठ पशु चिकित्सक अतिसले पशुपक्षीको स्वास्थ्य, जीवनका लागि काम गर्दै आएको एनिमल नेपालले विशेष गरी लुम्बिनी, काठमाडौं, ललितपुर, धादिङ, कैलाली, बाँके, लगायत जिल्लाहरुमा बार्षिक ३ हजार बढि कुकुरहरूको बन्ध्याकरण गर्दै आएको जानकारी दिए ।

    बरिष्ठ पशु चिकित्सक अतिसका अनुसार बाँकेमा मात्र एनिमल नेपालले नेपालगञ्ज उपमहानगरपालिकाको सहकार्यमा बार्षिक २ सय भन्दा बढि कुकुरहरूको बन्ध्याकरण गरिसकेको जानकारी दिए । पशुपक्षीहरूलाई पुच्छरमा बाधेर, झुण्ड्याएर, कोचाकोच गरी दर्दनाक तरिकाले एक ठाउँबाट अर्को ठाउँमा ढुवानी गर्दा पशुहरुले खेप्नु पर्ने सास्ती बारे गुनासो गर्दै उनले बेजुबान प्राणी प्रति सद्भावको भावनाको वातावरण बनाउन सम्बन्धित निकायले ध्यान दिनुपर्ने बताए । मान्छे जस्तै पशुपक्षी पनि एउटा जीवित प्राणी भएकाले उनीहरूको पनि गाँस, बास, स्वास्थ्य लगायतमा ध्यान दिनुपर्नेमा एनिमल नेपालले बिशेष जोड दिइदै आएको छ ।

    Advertisement

    पशु स्वस्थ छ भने मात्र त्यसबाट उत्पादित वस्तु (दूध, मासु, अण्डा) स्वस्थ हुने बरिष्ठ पशु चिकित्सक अतिसले बताउदै अस्वस्थ पशुपक्षीबाट उत्पादित वस्तु खाँदा मानव जीवनका लागि हानिकारक हुने चेतावनी दिए ।

    अण्डा उत्पादन गर्ने कुखुराहरुको लागि पिँजडा मुक्त गर्ने अभियानको संयोजक मधु कट्टेलले मानिसले खाने अण्डा उत्पादन गर्ने कुखुरालाई लामो समय एउटै पिँजडामा थुनेर राख्दा खान योग्य अण्डा उत्पादन नहुने बताउँदै यो अभियानमा सफल बनाउन मिडीया तथा संचारकर्मीहरुको साथको अपेक्षा गरेको बताए । कुखुरालाई यातना सास्ती दिएर जबरजस्ती उत्पादन गरिएको अण्डा मानिसको लागि भिटामिन योग्य नहुने खुलासा गरे ।

    Advertisement

    उनले भने, ‘कुखुरा भनेको पखेटा फिजाएर खुल्ला रुपमा आफ्नो चारो आफै खोज्ने प्राणी हो तर व्यापार गर्ने नाउँमा कुखुरालाई हलचल सम्म गर्ने स्थान नदिएर आजीबन जबरजस्ती अण्डा दिन लगाईन्छ । एक गर्भवती महिलालाई जतिको पोषण र आराम चाहिन्छ त्यति नै एक अण्डा उत्पादन गर्ने कुखुरालाई पनि चाहिन्छ ।’

    मानिसहरूले पशुपक्षी प्रति गर्ने निर्दयी व्यवहारलाई चेतना जगाउन मिडियाको महत्वपूणर् भूमिका हुने भएकाले पशुपक्षी कल्याण सम्बन्धी मिडीयाले प्राथमिकता दिएर कलम चलाउन संयोजक कट्टेलले आग्रह गरे ।

    पशु स्वास्थ्य तथा पशु सेवा ऐन र कल्याण निर्देशिका अनुसार पशु पशुपक्षीको पालन, हेरचाह, ढुवानी तथा कल्याणका सम्बन्धमा गरेको व्यवस्थालाई संचारकर्मीको कलमले पालना गराउन सकेमात्र नेपालको पशु कल्याणको अवस्था सुधार हुने आयोजकले जनाएको छ । सरकारले मासु तथा अण्डामा नेपाल आत्मनिर्भर बनेको भनेको छ तर पशु कल्याणका बारेमा अध्ययन अनुसन्धान नगरेको तथा मौन बसेको आयोजकको गुनासो छ ।

    यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

    तीनकुनेमा भएको राजावादीको आन्दोलन घटनालाई तपाईं कसरी हेर्नुहुन्छ ?





    Translate »