१३ माघ, काठमाडौँ । बिहीबार सम्म अहिले सम्मकै महँगो सुनको भाउ आज १ हजार १ सय रुपैयाँले घटेको छ ।
सुनको भाउ शुक्रबार तोलामा १ लाख ५ हजार ८ सय रुपैयाँ छ । बिहीबार तोलामा १ लाख ६ हजार ९ सय रुपैयाँ पुगेको थियो । नेपाल सुन चाँदी व्यवसायी महासङ्घका अनुसार सुनको भाउ अन्तर्राष्ट्रिय बजारमा नै अस्थिर छ ।
Advertisement
पछिल्लो अवस्थालाई हेर्दा भाउ बढ्न सक्ने अनुमान रहेको महासङ्घले जनाएको छ । अन्य क्षेत्रको लगानी सुरक्षित नहुँदा विश्व बजारमा अहिले सुनमा लगानी बढ्दै गएको छ । यसले गर्दा भाउ बढिरहेको छ ।
यस्तै, आज चाँदीको भाउ भने स्थिर छ । चाँदी तोलामा १ हजार ३ सय ८० रुपैयाँमा कारोबार भइरहेको छ ।
















टिप्पणीहरू