२६ पौष, काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले प्रतिनिधि सभाबाट अत्यधिक बहुमतका साथ विश्वासको मत प्राप्त गरेका छन ।
उनलाई प्रतिनिधि सभाका २७५ सदस्यमध्ये २६८ जना सदस्यले विश्वासको मत दिएका छन । उनको विपक्षमा दुई मत परेको छ ।
Advertisement
सदनमा बैठकको अध्यक्षता गरिरहेका ज्येष्ठ सदस्य पशुपति शमशेर जबराले मतविभाजनको नतिजा सार्वजनिक गर्दै नेपालको संविधान अनुसार प्रधानमन्त्री प्रचण्डले सदनबाट विश्वासको मत प्राप्त गर्नुभएको घोषणा गरेका हुन ।
माओवादी केन्द्रका अध्यक्ष प्रचण्ड संसदमा दोस्रो ठूलो दल नेकपा (एमाले) को अग्रसरता र पहलमा पुस १० गते प्रधानमन्त्री नियुक्त भएका थिए ।
प्रधानमन्त्री प्रचण्डलाई सत्ता साझेदार सात दल र तीन स्वतन्त्र सांसदका साथै नेपाली काँग्रेसका सांसदहरूले पनि विश्वासको मत दिएका छन । त्यसैगरी नेकपा एकीकृत समाजवादीले पनि प्रधानमन्त्रीलाई विश्वासको मत दिएको छ ।
Advertisement
राष्ट्रिय जनमोर्चा र नेमकिपाका दुई सांसदले विपक्षमा मतदान गरे । नेपाली काँग्रेसका तीन जना सांसद अनुपस्थित रहेका थिए भने एकजना निलम्वित छन । बैठकको अध्यक्षता गरेका प्रतिनिधि सभाका जेष्ठ सदस्य पशुपतिशम्शेर जबरा मतदानमा सहभागी भएनन ।

















टिप्पणीहरू