२६ पौष, बाँके । बाँकेको नेपालगञ्जमा हुने दुई दिने लुम्बिनी प्रदेश स्तरीय माघ महोत्सवको सम्पुणर् तयारी पुरा भएको छ । थारु भाषा, संस्कृति, लोक कला र मौलिक हक अधिकारको जगेर्ना गर्ने उद्देश्यले नेपालगञ्जमा आयोजना गरिएको माघ महोत्सबको सम्पुणर् तयारी पुरा भएको आयोजकको मुल प्रचारप्रसार समितिले जनाएको हो ।
थारू कल्याणकारिणीसभा बाँकेले यही पौष २७ र २८ गते नेपालगञ्जको रमलीला मैदानमा आयोजना गरिएको लुम्बिनी प्रदेश स्तरीय माघ महोत्सवको तयारी पुरा भएको जनाएको छ । थारु कल्याणकारिणी सभा बाँकेको आयोजनामा पौष २७ र २८ गते दुई दिने माघ महोत्सवमा अन्य आकर्षणका रूपमा थारू समुदायको परम्परागत भेशभूषासहितको सांस्कृतिक प्रस्तुति, थारू विशेष खानाका प्रदर्शनी, मौलिक खानाका परिकारका प्रदर्शनी, हस्तकला सामग्री तथा थारू पहिरनको प्रदर्शनी लगायत स्थानीय झाँकीहरुको प्रवद्र्धनमा सम्पूणर् तयारी पुरा गरिएको झाँकी तथा सांस्कृतिक व्यवस्थापन समितिका संयोजक भगतराम थारुले जानकारी दिए ।
Advertisement
महोत्सवमा राष्ट्रिय हास्य कलाकार जितु नेपाल (मुन्द्रे) लगायत ४५ बढि कलाकारको उपस्थिती रहने संयोजक थारुको भनाई छ । उनका अनुसार राष्ट्रिय हास्य कलाकार जितु नेपाल (मुन्द्रे) लगायत ४५ बढि राष्ट्रिय तथा स्थानीय कलाकारको बेजोड प्रस्तुती रहने छ ।
संयोजक थारुले महोत्सव हेर्न आउने दर्शकहरुलाई मनोरञ्जनका लागि राष्ट्रिय तथा स्थानिय कलाकारहरुले थारु पहिरनमा सांस्कृतिक नृत्य, झुला, थारु परिकारका स्टल, विभिन्न किसिमका खेल, लगायत थारु समुदायको पहिचान झल्काउने कार्यक्रमको प्रद्धशनी हुने जानकारी दिए ।
Advertisement
महोत्सवको उद्घाटन कार्यक्रममा प्रमुख अथिती तथा लुम्विनी प्रदेशका पर्यटन मन्त्री डिल्ली बहादुर चौधरीले तथा बिशिष्ट अथिती पुर्व मन्त्री फत्ते सिंह थारु र समाजसेवी गोपाल दहितको उपस्थिती समेत रहने संयोजक थारुले जानकारी गराए । महोत्सवमा हरेक बिधाका उत्कृष्ट व्यक्तित्वलाई सम्मान पनि गरिने उनले बताए ।
महोत्सवको पहिलो दिन थारु कला, संस्कृति झल्किने थारु भेषभुषा सहित हलो जुवा, छिट्वा, ढकिया, डेल्वा, छट्री, सहित नेपालगञ्जको मुख्यबजार धम्बोझी चोक देखि निस्कने झाँकी सहितको र्याली सेतुविक चोक, न्युरोड, त्रिबेणीमोड, त्रिभुवन चोक, सदरलाईन, भेरी अस्पताल हुदैँ रामलिला मैदानमा पुग्ने थारु कल्याणकारिणी सभा बाँकेले जनाएको छ ।
Advertisement
महोत्सवमा थारु परिकार ढिक्री, घोङघी, सिद्रा माछाको चटनी, आलुको अचार लागयत परिकारहरु प्रदर्शनीका साथै विक्रि वितरणको लागि राखिने समेत आयोजकले जनाएको हो ।
टिप्पणीहरू