२५ पौष, बाँके । बाँकेको जानकी गाउँपालिकाको १३ औं हिउँदे गाउँसभा केही ऐन पारित गर्नुका साथै विभिन्न निणर्यहरु सहित सम्पन्न भएको छ ।
जानकी गाँउपालिका वडा नम्बर ३ मानपुर स्थित गाउँकार्यपालिकाको कार्यालयमा भएको १३ औं हिउँदे गाउँसभा बहुमत कार्यपालिका सदस्यहरुको उपस्थितिमा केही ऐन पारित गर्नुका साथै विभिन्न निणर्यहरु गर्दै सम्पन्न भएको हो ।
Advertisement
प्रमुख प्रशासकीय अधिकृत सिंहराज डाँगीले आन्तरिक राजश्व बृद्धि गर्ने उद्देश्यले जानकी गाउँपालिकाको गाउँ प्रहरी ऐन २०७९ पारित गरिएको बताए । अब गाउँपालिकामा एक जना असई, एक जना हवल्दार र ६ जना गाउँ प्रहरी जवान भर्ना गर्ने बाटो खुलेको छ । यस्तै आर्थिक ऐन २०७९ संशोधन सहित पारित गरिएको छ ।
पालिकामा अपुग कर्मचारी व्यवस्थापन गर्न कानुन बनाएर ऐन पारित गर्नुपर्नेमा हालसम्म नभएकाले त्यसलाई पनि पारित गरिएको छ । पालिकामा अब सैद्धान्तिक बेरुजु आउने अवस्थाको अन्त्य भएको डाँगीले बताए । १३औं गाउँसभाले यसअघि कार्यपालिका बैठकले गरेका सम्पूणर् निणर्यहरु अनुमोदन समेत गरेको छ । गाउँसभाले प्रेस सल्लाहकार पनि परिवर्तन गरेको छ । प्राइम टेलिभिजनमा कार्यरत पत्रकार रविन्द्र घिमिरे सल्लाहकार नियुक्त भएका छन् ।
Advertisement
गाउँसभामा चालू आर्थिक बर्षको वितेको ६ महिनाको बजेट खर्च प्रगतिको समिक्षा र खर्च हुन नसकेको वडागत, शाखागत तथा गाउँकार्यपालिका कार्यालयबाट रहेको बजेटमा पनि संशोधन गरिएको छ । गाउँपालिकाको अनुदानका शिक्षक एवम् कार्यालय सहयोगीहरुका लागि आगामी ६ महिनाको अपुग ३६ लाख रकम थप गर्ने निणर्य गाउँसभाले गरेको छ । यस्तै वडा नम्बर १ को वडा कार्यालय बनाउन जग्गा खरिदका लागि १० लाख रुपैयाँ थप गर्ने निणर्य पनि गाउँसभाले गरेको सिंहले जानकारी दिए । गएको ६ महिनामा ३१ करोड ६१ लाख ७० हजार रुपैयाँ खर्च भएको छ । यो हिसाबले ६ महिनाको प्रगति प्रतिशत ३६.५५ प्रतिशत देखिएको छ ।
१९ जना कार्यपालिका बोर्ड सदस्यहरुको उपस्थितिमा गाउँसभा सम्पन्न भएको अध्यक्ष छब्बन खाँले बताए ।
‘आइतबार हामी सबै कार्यपालिकाका सदस्यहरु कार्यपालिका बैठकमा उपस्थित भएर सर्वसहमतिमा सोमबार गाउँसभा गर्ने निणर्य गरेका थियौं, तर, केही वडा अध्यक्ष र सदस्यहरु आज पटक पटक फोन सम्पर्क गर्दा पनि आउनुभएन’ अध्यक्ष खाँले भने ।
Advertisement
उनले थपे, ‘पालिकालाई अनिणर्यको बन्दी बनाएर राख्ने कुरो भएन, त्यसैले हामी बहुमत सदस्यहरु उपस्थित भएर गाउँसभा सम्पन्न गरेका छौं ।’
गाउँसभाको लुम्बिनी प्रदेशसभा सदस्य बादशाह कुर्मीले उद्घाटन गरेका थिए । गाउँपालिका अध्यक्ष खाँको अध्यक्षतामा भएको उद्घाटन समारोहमा संघ, प्रदेश र जिल्ला समन्वय समितिमा निर्वाचित भएका जनप्रतिनिधिहरुलाई सम्मान गरिएको थियो । पालिका अध्यक्ष खाँले लुम्बिनी प्रदेशसभामा निर्वाचित सांसद बादशाह कुर्मी, जिल्ला समन्वय समिति प्रमुख ज्ञानेन्द्रकुमार चौधरी, उपप्रमुख सीता कार्की लगायत जिल्ला समन्वय समदस्यहरुलाई सम्मान गरेका थिए ।
Advertisement
गाउँसभाको उद्घाटन सत्रमा बोल्दै सांसद कुर्मीले जानकीको विकासका लागि आफू प्रतिबद्ध भएर लाग्ने बताए । उनले जानकीमा पक्षपातरहित विकास गर्न जरुरी रहेको बताउँदै पछाडि परेका क्षेत्रको विकासका लागि विशेष राणनीति अपनाउनुपर्ने उल्लेख गरे । जिल्ला समन्वय समिति प्रमुख चौधरीले विकास र समृद्धि हासिल गर्न हातेमालो गरेर अघि बढ्न जरुरी रहेको बताए । उनले भौतिक विकासमा मात्र ध्यान नदिई समाज रुपान्तरणका लागि सामाजिक विकासलाई पनि प्राथमिकतामा राख्नुपर्ने बताए ।
गाउँपालिका अध्यक्ष खाँले वितेको ६ महिनामा पालिकाले केही महत्वपूणर् कार्यहरु गरेको जानकारी गराउँदै वडा वडामा बैंक, छोरी जन्मने वित्तिकै ५ हजार रुपैयाँको विमा लगायतका कामको सुरुवात आफूले गरेको बताए ।
गाउँपालिकाका प्रबक्ता टिकानाथ यादवले गाउँपालिकालाई अब्बल सावित गर्दै जनपक्षीय कामहरु अगाडि बढाउन आफूहरु प्रतिबद्ध रहेको बताए ।
प्रमुख प्रशासकीय अधिकृत सिंहराज डाँगीले संघियताको सफल र असल अभ्यासमा खरो उत्रिँदै जनतालाई त्यसको अनुभूति दिलाउने गरी काम गर्न आवश्यक रहेको बताए ।

















टिप्पणीहरू