२५ पौष, बाँके । पश्चिम नेपालका पर्यटन गतिविधि तथा गन्तव्यहरुको राष्ट्रिय तथा अन्तर्राष्ट्रिय रूपमा प्रचार-प्रसार तथा प्रवर्द्धन गर्ने उद्देश्यका साथ नेपाल पर्यटन बोर्डको आयोजनामा वेस्टर्न ट्राभल मार्ट नेपाल, नेपालगन्ज ‘गेटवे अफ वेस्टर्न नेपाल’ FAM Trip नेपालगन्जमा संचालन हुन लागेको छ ।
नेपालगन्ज उपमहानगरपालिका, पर्यटन प्रवर्द्धन मञ्च बाँके, होटल एशोसियशन अफ नेपाल (हान) बाँके, होटेल व्यवसायी संघ बाँके लगायतका संघसंस्थाहरुको सहकार्यमा आगामी माघ १५, १६, र १७ गते नेपालगन्जमा संचालन हुन लागेको आयोजकले सोमबार एक पत्रकार सम्मेलन मार्फत जनाएको हो ।
Advertisement
मुलुकको अर्थतन्त्रलाई चलायमान बनाउँदै अगाडी देशका लागि पर्यटननै आगामी दिनमा मेरुदण्ड बन्न सक्छ भन्ने ठम्याईका साथ पश्चिम नेपालको पर्यटनको विकास व्यवसायिक विस्तारका लागि नेपालगन्जबाट आफुहरुले पहल र प्रयास गरिरहेको वेस्टर्न ट्राभल मार्ट नेपाल, नेपालगन्जका संयोजक राम सिग्देलले जानकारी दिए ।
पर्यटन व्यवसायीहरूको व्यवसायिक विकास विस्तार अन्तर्राष्ट्रिय स्रोत बजारका टूर अमेटर एवम् पर्यटन व्यवसायी संग व्यवसायिक सम्बन्ध स्थापित गर्न नेपाल पर्यटन बोर्ड र सरकारका अन्य निकाय सँगको साझेदारीमा वेस्टर्न ट्राभल मार्ट नेपालको आयोजनामा ट्राभल एजेन्ट्स एशोसिएसन अफ इण्डिया (TAAI) बाट कार्यकारी समेत ७५ जना, छिमेकी बोर्डर शहरहरूबाट ४० जना र आन्तरिक पर्यटन व्यवसायीहरु करिब ३ सय जना ट्राभल टूर अप्रेटर्स, बल्गर, सोसल मिडिया इन्फ्लुनर्सको सहभागिता रहने मार्टमा प्रदेशका पर्यटनहरूको भेलाभई स्थानीय संस्कृति, टूर प्याकेज लुम्बिनी कर्णाली तथा सुदुरपश्चिम प्रदेशका पहाडी तथा हिमाली भेगमा पर्यटक आकर्षण गर्ने मुख्य उद्देश्यका साथ यो मार्ट संचालन गर्न लगिएको नेपाल पर्यटन बोर्डका प्रमुख कार्यकारी अधिकृत धनञ्ज्य रेग्मीले बताए ।
Advertisement
सहभागी भारतीय टुर अपरेटर नेपालका पर्यटन व्यवसायी सहभागी गराई कैलाश मानसरोवर दुरदर्शनका लागि प्रयासरत स्थानको सहमति हुनसाथ यसले सार्थकता पाउनेमा आयोजक विश्वस्त रहेको जनाएको छ । कर्णाली नदीमा राफ्टिङ, बाँके तथा बर्दिया राष्ट्रिय निकुन्ज भित्र जंगल सफारी, स्थानीय सांस्कृतिक झाँकीहरुको अवलोकन गराउनुका साथै नेपालगन्जका होटेल तथा क्यासिनोको भ्रमण समेत गराईनेछ ।
पश्चिम नेपाल क्षेत्रको पर्यटन प्रवर्द्धन गरी भारतीय बजारमा बजारीकरण गर्न भारतीय सिमावर्ती र ३० जना Tour Operator Buyer को रुपमा मार्टमा सहभागी हुँदैछन । यस मार्टमा प्रदर्शनी गर्ने दूर अपरेटर, होटेल तथा पर्यटन सेवा प्रदायक संस्थाहरू र भारतबाट सहभागी हुने टुर अपरेटरहरु बीच यस क्षेत्रका टुर प्याकेजहरु गर्ने विषयमा व्यवसायिक अन्तरक्रिया समेत आयोजना गरिने बताइएको छ ।
Advertisement
मार्टको आयोजनाले यस क्षेत्रका पर्यटकीय गन्तव्य तथा गतिविधिको प्रचार प्रचार हुन गई कैलाश मानसरोवर दूरदर्शन समेतका लागि माउन्टेन फलाईटको नेपालगंजबाट शुरुवात गराई पर्यटक आगमन संख्या बढ्न जाने अपेक्षा गरिएको छ ।
टिप्पणीहरू