Close sidebar
  • ताजा
  • लोकप्रिय
  • खाद्य बैज्ञानिक र उद्योगी बीच भएको अन्तरक्रियामा खाद्य स्वच्छता समस्या सम्बन्धि छलफल

    २३ पौष, बाँके । खाद्य बैज्ञानिक र खाद्य उद्योगी बीच नेपालगञ्जमा भएको अन्तरक्रियामा नेपालमा खाद्य स्वच्छतामा समस्या रहेको बताइएको छ ।

    नेपाल खाद्य वैज्ञानिक तथा प्राविधिज्ञ संघ काठमाडौँको आयोजना तथा के.एल दुगड ग्रुप र बलियो नेपालको संयुक्त सहकार्यमा खाद्य बैज्ञानिक र खाद्य उद्योगी बीच नेपालगञ्जमा भएको अन्तरक्रियामा यस्तो बताईएको हो । नेपालमा उत्पादन हुने खाद्य पदार्थमा मिलावट, कीटनाशक पाइने ठूलो समस्याको रुपमा आइरहेको नेपाल खाद्य वैज्ञानिक तथा प्राविधिज्ञ संघका प्रमुख कार्यकारी अधिकृत डा. अतुल उपाध्यायले बताए ।

    Advertisement

    यस बिषयमा नेपाल सरकारले आफ्ना बिभिन्न कार्यालयहरु मार्फत कार्यक्रमहरु गरिरहेको भए पनि त्यत्तिले नपुगिरहेको डा. उपाध्यायले जानकारी दिए ।
    उनले यसलाई प्रभावकारी रुपमा बढाउन सुझाव दिदैँ भने, ‘संघीय सरकारको एउटा भुमिका हुन्छ, त्यत्तै प्रदेश र स्थानियको छ । प्रत्येक सरकारले आफ्नो श्रोत साधन, क्षमता प्रयोग गरेर खाद्य प्रविधि खाद्य विज्ञानलाई अगाडि ल्याएर आउनु पर्‍यो ।’

    डा.उपाध्यायले दिएको जानकारी अनुसार नेपाल सरकारको तथ्यांकले ८ प्रतिशत मात्रै खाद्य पदार्थ अस्वस्थ रहेको जानकारी दिदैँ आएको छ । तर उनले बजारमा पाइने अत्याधिक वस्तुमा मिलावट पाइने गरेको बताए । यत्तिको वर्ष सम्म नेपाल सरकारले पुर्वधार विकासमा काम गरेको छ भने अबको दुई वर्ष तेल, दुध, पानीलाई प्राथमिकतामा रखेर काम गर्न आवश्यक रहेको अन्तरक्रियामा सुझाइएको छ ।

    Advertisement

    बाँकेमा ९५ प्रतिशत गर्भवती महिलाहरुकाे रगत र दुधमा एफलाटक्सिन नाम गरेको टक्सिन भेटिएको डा. उपाध्यायले बताए । यद्दपी उक्त टक्सिनले बच्चालाई कत्तिको असर गरेको बिषयमा आधिकारिक पुष्टि हुन बाँकी नै छ ।

    अन्तरक्रियामा प्रमुख अतिथि राष्ट्रिय अनुसन्धान केन्द्रका बरिष्ठ वैज्ञानिक डा. रोमन कार्की, विषेश अतिथि के.एल.दुगढ ग्रुपका कार्यकारी निर्देशक प्रदिप छाझेड, बिभिन्न खाद्य जस्तुका उद्योगी, पत्रकार लगायतको उपस्थिति रहेको थियो ।

    Advertisement

    यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

    तीनकुनेमा भएको राजावादीको आन्दोलन घटनालाई तपाईं कसरी हेर्नुहुन्छ ?





    Translate »