Close sidebar
  • ताजा
  • लोकप्रिय
  • जि नेपाल टेलिभिजन ‘आँखा स्वास्थ्य पत्रकारिता पुरस्कार’बाट सम्मानित

    २३ पौष, बाँके । बाँकेको नेपालगञ्जबाट संचालित जि नेपाल टेलिभिजन आँखा स्वास्थ्य पत्रकारिता पुरस्कारबाट सम्मानित भएको छ ।

    आँखा स्वास्थ्य तथा अन्धोपनका बारेमा उक्त सञ्चारमाध्यम टेलिभिजनले उत्कृष्ट योगदान पुर्‍याएको जनाउदै नेपाल पत्रकार महासंघ बाँकेको १३ औं साधारणसभामा शनिवार सम्मानित भएको हो । महासंघका केन्द्रिय अध्यक्ष विपुल पोखे्रल र बाँकेका अध्याक्ष दामोदर भण्डारीले टेलिभिजनका प्रमुख आषिश गुप्तालाई सम्मानित गरेका हुन ।

    Advertisement

    नेपाल नेत्र ज्योती संघ, फत्तेबाल आँखा अस्पताल नेपालगञ्जसंगको सहकार्यमा स्स्थापना भएको आँखा स्वास्थ्य पत्रकारिता पुरस्कार, २०७९ बाट विद्युतीय सञ्चार माध्यम जि नेपाल टेलिभिजनका प्रमुख गुप्तालाई नगद राशि रु ५ हजार सहित सम्मानित गरिएको हो ।

    Advertisement

    यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

    तीनकुनेमा भएको राजावादीको आन्दोलन घटनालाई तपाईं कसरी हेर्नुहुन्छ ?





    Translate »