Close sidebar
  • ताजा
  • लोकप्रिय
  • मन्त्रालयको संख्या घटाउने सरकारको निर्णय

    ३१ बैशाख, काठमाडौँ । सरकारले सङ्घीय सरकारका मन्त्रालय २२ बाट घटाएर १८ पुर्‍याउने निर्णय गरेको छ । प्रधानमन्त्री तथा मन्त्रीपरिषद्को कार्यालय सिंहदरबारमा बुधबार बसेको मन्त्रीपरिषद् बैठकले नेपाल सरकार (कार्यविभाजन) नियमावली, २०८३ स्वीकृत गर्ने निर्णयपश्चात् मन्त्रालयको सङ्ख्या घटाएको हो ।

    प्रशासनिक सुधार र मितव्ययिता कायम गर्ने, अनावश्यक चालु खर्च कटौती गर्ने तथा कार्यसम्पादनलाई थप प्रभावकारी र छरितो बनाउने मुख्य उद्देश्य सहित मन्त्रालयको सङ्ख्या घटाइएको हो ।

    Advertisement

    प्रधानमन्त्री वालेन्द्र शाहका प्रेस तथा अनुसन्धान विज्ञ दीपा दाहालका अनुसार सरकारले अर्थ, गृह, परराष्ट्र, रक्षा र कानुन, न्याय तथा संसदीय मामिला मन्त्रालयलाई यथावत राखेको छ ।

    त्यसैगरी उद्योग, वाणिज्य तथा आपूर्ति, संस्कृति, पर्यटन तथा नागरिक उड्डयन र ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालय पनि यथावत रहेका छन् ।

    Advertisement

    फेरबदलपछि मन्त्रालयको नाम 

    १.  प्रधानमन्त्री तथा मन्त्रीपरिषद्को कार्यालय

    Advertisement

    २.  अर्थ

    ३.  उद्योग, वाणिज्य तथा आपूर्ति

    Advertisement

    ४.  ऊर्जा, जलस्रोत तथा सिँचाइ

    ५.  कानुन, न्याय तथा संसदीय मामिला

    ६.  कृषि, वन तथा पर्यावरण

    ७.  गृह

    ८.  परराष्ट्र

    ९.  पूर्वाधार विकास

    १०.  भूमि, सहकारी, सङ्‍घीय मामिला तथा सामान्य प्रशासन

    ११.  महिला, बालबालिका, लैङ्गिक तथा यौनिक अल्पसङ्ख्यक र सामाजिक सुरक्षा

    १२.  युवा, श्रम तथा रोजगार

    १३.  रक्षा

    १४.  विज्ञान, प्रविधि तथा नवप्रवर्तन

    १५.  शिक्षा तथा खेलकुद

    १६.  सूचना तथा सञ्‍चार

    १७.  संस्कृति, पर्यटन तथा नागरिक उड्डयन

    १८.  स्वास्थ्य तथा खाद्य सुरक्षा

    यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

    तीनकुनेमा भएको राजावादीको आन्दोलन घटनालाई तपाईं कसरी हेर्नुहुन्छ ?





    Translate »