२८ बैशाख, काठमाडौँ । हाल नेपालमा पश्चिमी वायु, स्थानीय वायु र नेपालको पूर्वी भू–भाग नजिक तल्लो वायुमण्डलमा रहेको न्यून चापीय क्षेत्रका साथै मध्य र पूर्वी भू–भागको उपल्लो वायुमण्डलमा रहेको न्यून चापीय रेखाको समेत आंशिक प्रभाव छ ।
अहिले कोशी र बागमती प्रदेशका हिमाली तथा पहाडी भू–भाग तथा लुम्बिनी प्रदेशको हिमाली भू–भागको एक–दुई स्थानमा मेघगर्जन र चट्याङसहित मध्यम वर्षा भइरहेको जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाले जनाएको हो ।
Advertisement
विभागका अनुसार आज दिउँसो देशका हिमाली र पहाडी भू–भागका थोरै स्थान तथा लुम्बिनी र सुदूरपश्चिमका तराई भू–भागका एक–दुई स्थानमा मेघगर्जन र चट्याङसहित मध्यमसम्म वर्षाको सम्भावना छ ।
साथै आज राति कोशी, मधेस, बागमती, गण्डकी र लुम्बिनीका थोरै स्थान तथा बाँकी प्रदेशका एक–दुई स्थानमा मेघगर्जन र चट्याङसहित मध्यमसम्मको वर्षा र हिमपातको सम्भावना रहेको विभागको पूर्वानुमान छ ।
















टिप्पणीहरू