Close sidebar
  • ताजा
  • लोकप्रिय
  • संघीय संसद्को बजेट अधिवेशन आजदेखि शुरू हुँदै

    २८ बैशाख, काठमाडौँ । संघीय संसद्को बजेट (बर्खे) अधिवेशन आजदेखि शुरू हुँदै छ । सोमबार प्रतिनिधि सभा र राष्ट्रिय सभाको अधिवेशन शुरू हुनुका साथै सरकारको वार्षिक नीति तथा कार्यक्रम पेस गर्न संयुक्त सदनको बैठक समेत बस्ने छ ।

    राष्ट्रपति रामचन्द्र पौडेलले संघीय संसद्का दुवै सदनको संयुक्त बैठकलाई आज सम्बोधन गर्ने कार्यक्रम रहेको संसद् सचिवालयले जनाएको छ ।

    Advertisement

    संविधानको धारा ९५ अनुसार राष्ट्रपतिले अपराह्न ४ बजे संयुक्त सदनमा सरकारको नीति तथा कार्यक्रम प्रस्तुत गर्नेछन् ।

    राष्ट्रपति पौडेलबाट नीति तथा कार्यक्रम प्रस्तुत हुने संयुक्त बैठकमा दिउँसो ३ः४५ बजे अगावै उपस्थित हुन प्रतिनिधिसभा तथा राष्ट्रियसभाका सदस्यलाई संसद् सचिवालयले सूचित गरेको छ ।

    Advertisement

    यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

    तीनकुनेमा भएको राजावादीको आन्दोलन घटनालाई तपाईं कसरी हेर्नुहुन्छ ?





    Translate »