Close sidebar
  • ताजा
  • लोकप्रिय
  • करिब २ सय ८६ किलो गाँजा सहित दुई जना पक्राउ

    २९ चैत्र, धादिङ । धादिङको गजुरी गाउँपालिका–१ गजुरी बजारस्थित सडकबाट अवैध लागूऔषध गाँजा करिब २ सय ८६ किलो ४ सय ग्राम सहित २ जनालाई गए राति प्रहरीले पक्राउ गरेको छ ।

    पक्राउ पर्नेहरूमा निलकण्ठ नगरपालिका–८ बस्ने २२ वर्षीय अम्मर विक र सिद्धलेक गाउँपालिका–५ बस्ने १९ वर्षीय होम बहादुर विक रहेका छन् ।

    Advertisement

    इलाका प्रहरी कार्यालय गजुरीबाट खटिएको प्रहरीले आदमघाटबाट गजुरीतर्फ आउँदै गरेको बा.५ ख ७५३७ नम्बरको गाडी तलासी गर्दा ढालामा त्रिपालले छोपेर राखेको ९ वटा बोराबाट उक्त परिमाणको गाँजा फेला पारी चालक अम्मर र गाडीमा सवार होमलाई पक्राउ गरेको हो ।

    उनीहरुलाई नियन्त्रणमा लिएर प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको जनाएको छ ।

    Advertisement

    यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

    तीनकुनेमा भएको राजावादीको आन्दोलन घटनालाई तपाईं कसरी हेर्नुहुन्छ ?





    Translate »