Close sidebar
  • ताजा
  • लोकप्रिय
  • गाउँपालिका अध्यक्ष सहित ४ जना विरुद्ध भ्रष्टचार मुद्दा दायर

    ५ चैत्र, काठमाडौँ । अछामको ढकारी गाउँपालिकाका अध्यक्ष प्रकाशबहादुर साउद सहित चार जना विरुद्ध अख्तियार दुरुपयोग अनुसन्धान आयोगले भ्रष्टचार मुद्दा दायर भएको छ ।

    गाउँपालिकाले अभिनेता राजेश हमालको तस्वीर प्रयोग गरेर बनाइएको भनिएको वृत्तचित्रका लागि १२ लाख ७७ हजार २५० रुपैयाँ भ्रष्टाचार गरेको आरोपमा उनीहरूविरुद्ध विशेष अदालतमा मुद्दा दायर गरेको हो ।

    Advertisement

    अख्तियारका प्रवक्ता सुरेश न्यौपानेका अनुसार अध्यक्ष साउद सहित निमित्त प्रमुख प्रशासकीय अधिकृत लक्ष्मण साह, लेखापाल विमल साउद र आरजे ट्वान्टी फोर न्यूज एवम् नव इन्द्रेणी फाउन्डेशनका अध्यक्ष रामजी लम्सालविरुद्ध मुद्दा दायर भएको हो ।

    हमालको नाम जोडेर चलचित्र निर्माण गर्ने भन्दै १५ लाख रुपैयाँ बजेट विनियोजन गरेकोमा १२ लाख ७७ हजार २५० रुपैयाँ भुक्तानी गरेको पाइएको अख्तियारले सबैसँग बिगो र थप सजाय माग गरेको छ ।

    Advertisement

    Advertisement

    यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

    तीनकुनेमा भएको राजावादीको आन्दोलन घटनालाई तपाईं कसरी हेर्नुहुन्छ ?





    Translate »