६ असोज, काठमाडौँ । दशैं तिहारका लागि सार्वजनिक सवारीसाधनको अग्रिम टिकट बुकिङ असोज १२ देखि खुला गरिने भएको छ ।
शनिवार भौतिक पूर्वाधार तथा यातायातमन्त्री देवेन्द्र दाहालको अध्यक्षतामा बसेको बैठकले अग्रिम टिकट बुकिङ चाढै खुल्ला सहित सातबुँदे निणर्य गरेको हो ।
Advertisement
भौतिक पूर्वाधार र नेपाल यातायात व्यवसायी राष्ट्रिय महासंघ बीच भएको बैठकमा यातायात व्यवस्था विभाग सँग छलफल गरी चाढै टिकट खुल्ला गर्ने निणर्य गरेको हो ।
यस्तै, बैठकले सडक विभाग अन्तर्गतका सबै सडक घटस्थापना अगावै मर्मतसम्भार गर्न निर्देशन गरेको छ । बिपी राजमार्ग सडक सुरक्षाका लागि साना सवारी मात्र सञ्चालन गर्न र रात्रि सवारी सञ्चालन रोक्न गृह मन्त्रालय र नेपाल प्रहरीलाई अनुरोध गर्ने र विभागले त्यसको अनुगमन गरी यातायात मन्त्रालयलाई रिपोर्ट गर्ने निणर्य भएको यातायात व्यवस्था विभागका प्रवक्ता ईश्वरीदत्त पनेरूले बताए ।
टिप्पणीहरू