९ भदौ, धनकुटा । धनकुटा जिल्लामा जेठ महिना देखि हाल सम्म बिभिन्न स्थानहरुबाट प्रहरीले बरामद गरेको लागु औषध गाँजा नष्ट गरिएको छ ।
एक हजार ८३ के.जी. गाँजा नष्ट गरिएको प्रहरीले जनाएको छ ।
Advertisement
धनकुटा नगरपलिका वडा नं. ९ मुलघाट स्थित तमोर नदी किनारमा प्रहरी निरीक्षक अनिल कुमार साहको कमाण्डमा १० जनाको प्रहरी टोलीले कानून बमोजिम उक्त गाँजा जलाएर नष्ट गरिएको प्रहरीले जनाएको हो ।















टिप्पणीहरू