Close sidebar
  • ताजा
  • लोकप्रिय
  • परिक्रमाका लागि राम मन्दिर वरिपरि ७९० मिटर लामो करिडोर बनाइने

    २० साउन, काठमाडौँ । भारतको उत्तरप्रदेश स्थित श्री राम मन्दिर वरिपरि करिडोर निर्माण हुने भएको छ ।

    भव्य मन्दिरमा विराजमान रामललाको दर्शन गरेपछि भक्तजनले पनि भगवानको परिक्रमा गर्न सक्नेछन् । यसका लागि राम मन्दिरको वरिपरि करिडोर बनाइनेछ ।

    Advertisement

    यो करिडोर अन्तर्गत मन्दिर पार्कमा निर्माणाधीन सबै मन्दिरलाई समेटिने भारतीय सञ्चारमाध्यमले जनाएका छन । १४ फिट लामो करिडोरको लम्बाइ ७९० रनिङ मिटर अर्थात करिब २५९१ फिट हुनेछ ।

    श्री राम जन्मभूमि तीर्थ क्षेत्र ट्रष्टको तर्फबाट मन्दिर निर्माणको जिम्मेवारी लार्सन एण्ड टुब्रोलाई दिइएको छ । जन्मस्थलमा भव्य मन्दिर बनेर भगवान श्रीराम स्थापना भएदेखि नै उनका भक्तजनहरु टाढाटाढाबाट दर्शनका लागि आउने क्रम जारी छ । दैनिक एक लाखको हाराहारीमा भक्तजन आउने गरे पनि परिक्रमाको चाहना पूरा हुन सकेको छैन ।

    Advertisement

    अहिले राम मन्दिरको वरिपरि परिक्रमाका लागि ठाउँ उपलब्ध छैन । जसका कारण भक्तहरूले श्री रामको परिक्रमा गर्न सक्ने अवस्था छैन ।

    ट्रष्टले भक्तजनको सुविधाका लागि मन्दिर वरिपरि करिडोर बनाउने निणर्य गरेको छ । यस ७९० मिटर लामो करिडोर अन्तर्गत किल्लामा निर्माण भइरहेका सबै मन्दिरलाई समावेश गरिने बताइएको छ ।

    Advertisement

    हाल राम मन्दिर परिसरमा विभिन्न देवी, देवता र सप्तऋषीका मन्दिर निर्माण भइरहेका छन् । तीमध्ये केही यस वर्षको डिसेम्बर सम्म र केही अर्को वर्षको मार्च सम्ममा तयार हुनेछन् । यी मन्दिर सँगै करिडोर निर्माणको काम पनि सुरु भएको छ ।

    Advertisement

    यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

    बागेश्वरी मन्दिरको पार्किङ परिसरमा मेला लगाउनु प्रति तपाईंको राय के छ ?





    Translate »