Close sidebar
  • ताजा
  • लोकप्रिय
  • दाउरा बोक्न गएका भोलाको खोजीमा ‘बुबा’, १७ दिनदेखि बेपत्ता

    ८ साउन, बाँके । बाँकेको डुडुवा गाँउपालिका वडा नं. २ रामनगर पाझाबाट गत असार २३ गते राति १५ वर्षिय भोला भन्ने रामु केवट बेपत्ता भएका थिए । दुई साता वितिसक्दा समेत उनको कुनै पनि खबर छैन ।

    स्थानीयले गत असार २३ गते राप्ती नदीको बहावले बगाएर ल्याएको काठ दाउरा संकलन गरेका थिए । स्थानीय हेम्मन केवटले पनि दाउरा संकलन गरेका थिए ।

    Advertisement

    पाझा निवासी भारत मालीले उक्त दाउरा घर सम्म ल्याउन आफैले चलाएको ट्रयाक्टरमा भोला सहित चार जना गएका पीडित परिवारले जनाएको छ ।

    भोलाका बुबा अनुसार असार २३ गते भैसी चराएर घर आएको छोरा गोठमा बान्धेर साथीहरु संग चोकमा गएका थिए । तर उनलाई दाउरा ट्रलीमा लोड गर्न बालकराम गोडियाले बोलाएर लगेको पीडित पक्षले जनाएको छ । जानुभन्दा अगाडि चोकमा रहेको मुरउको पसलमा बसेर गाँजा समेत खाएको खुल्न आएको छ । गाँउबाट चार जना गएकोमा बाटोमा एक जना ओर्लिएका थिए । उनीहरुका अनुसार भोला २-४ वटा दाउरा ट्रलीमा फ्यालेर त्यहाँबाट निस्किसकेका थिए ।

    Advertisement

    करिब ११ बजे रातिको समयमा दाउरा बोकेको भे २ त ३२ स्वराज ट्रयाक्टर र त्यसमा गएका अन्य सबै गाँउ फर्किएका थिए । आफ्नो छोरा घर नफर्किएको थाहा पाएपछि भोलाका बुबाले खोजी थालेका थिए ।

    बुबाका अनुसार सुरुमा भारत माली आफुसंग उनको छोरा नगएको बताएका थिए ।

    Advertisement

    बुबा राम ज्यावनले भने, ‘मैले भारत माली संग तपाईँको ट्रयाक्टरमा मेरो छोरा गएको थियो सोध्दा आफुसंग नगएको बताएका थिए ।’
    राम ज्यावनलाई उनको भतिजो गूरुदिन केवटले भोला ट्रयाक्टरमा दाउरा लोड गर्न गएका बताएका थिए ।

    पाझा चोकबाट संगै गएका गूरुदिन केवटका अनुसार आफ्नो घर आएपछि उनीहरुसंग छुट्टिएका थिए ।

    Advertisement

    खोजतलास गर्ने क्रममा अज्ञारामको पकडिया सम्म भोला आएको देखेको उनीसंगै गएकाहरुले परिवारलाई जनाएका थिए ।

    राम ज्यावनका अनुसार उनको परिवारले रातभर नदीको किनार लगायतका स्थानमा खोजतलास गर्दा समेत छोरा भेटिएका थिएन्न ।
    त्यस पश्चात उनले प्रहरी चौकीमा खबर गरेका थिए । प्रहरीले पनि लगातार ४ दिन सम्म उक्त स्थान आसपास खोजतलास गरेका परिवारले जनाएको छ ।

    प्रहरी चौकी बेतहानी अनुसार हाल पनि प्रहरीको टोली संकास्पथ स्थानमा खोजतलास र घटनाबारे अनुसन्धान समेत गरी रहेको नाईल खबरलाई जनाएको छ ।

    नाईल खबरकर्मी संगको सम्बादमा प्रहरी चौकी बेतहानीका ईन्चार्ज बल बहादुर अ‍ेलीले घटना अनुसन्धानको पाटोमा रहेको बताए । उनले स्थानीयले प्रहरीमा ढिला खबर गरेका समेत जानकारी गराए । प्रहरीलाई खबर हुन साथ आफुहरु खोजतलासमा जुटेका र नदीको किनार लगायत आसपासका स्थानहरुमा प्रहरी टोली खटाइएको थियो ।

    उनले नाईल खबरसंग भने, ‘गत असार २३ गते भन्दा अगाडि बाढी आएको दिन पनि हामी सतीघाट मै थियौं । पाझा ढुवान हुने स्थान भएकोले स्थानीयलाई काठदाउरा संकलन नगर्न र पानीको बहाब बढेपछि नजिकैको भवनमा जान समेत आग्रह गरीरहेका थियौं ।’

    उनका अनुसार असार २३ गते साझा नदीमा पानीको सतह घटिसकेको थियो । पीडित परिवारले घटनाको अर्कोदिन साझाको समयमा निवेदन दिएको थियो । जस पश्चात जिल्ला प्रहरी कार्यालय बाँकेलाई उक्त विषयमा रिर्योट गरिएको थियो । जिल्ला प्रहरीको टोली समेत घटना स्थलमा पुगेर अनुसन्धान थालेको छ ।

    प्रहरी कार्यालयमा जनप्रतिनिधि, पीडित र आरोपित पक्ष बीच खोजतलास विषयमा पटक पटक छलफल भईरहेको बुझिएको छ ।

    पीडित पक्ष अनुसार आफ्नो छोरा हराईरह्दा जिल्ला प्रहरी कार्यालय बाँकेमा जाहेरी दर्ता गराउन पनि सकस परेको छ । प्रहरी माथि आरोपित पक्षले राजनीतिक दबाब दिएकै कारण प्रहरीले हाल सम्म मुद्दा दर्ता गर्न नमानेको भोलाकी आमा माल्ती केवटले बताइन ।

    जिल्ला प्रहरी कार्यालय बाँकेका प्रहरी प्रवक्ता एवं डिएसपी नारायण डाँगीका अनुसार १५ वर्षिय नाबालक हाल सम्म भेटिएका छैनन् । खोजतलास जारी नै रहेको उनले बताए ।

    डिएसपी डाँगीले भने, ‘खोजतलास गर्ने विषयमा यहाँ पनि दुई पक्ष बीच छलफल भएको थियो । पछि चित्त नबुझेपछि पीडितले जाहेरी पनि ल्याउनुभएको थियो । जाहेरी दर्ताको प्रक्रियामा छ ।’

    डिएसपी डाँगीका अनुसार मान्छे नभेटिएपछि संका गर्ने स्वभाविक नै रहेको छ । उनले घटनाको विषयमा सुक्षम अनुसन्धान र खोजतलास जारी नै रहेको बताए ।

    पीडित पक्ष अनुसार नाबालक १५ वर्षिय भोलालाई घरमा जानकारी नगराई दाउरा लोड गर्न लैजान नहुने र लगिसकेपछि पूणर् रुपमा जिम्मेवारी समेत उनकै रहेको छ ।

    पीडित आमा माल्तीले भनिन्, ‘आफुहरुसंगै लगेपछि घर सम्म ल्याउने जिम्मेवारी पनि उनकै हो । मलाई मेरो छोरा चाहियो । उनीहरुलाई नै थाहा होला मेरो छोरा कहाँ छ ?’

    प्रहरी अनुसार आरोपित पक्ष पनि खोजतलासमा जुटेको र भारत सम्म समेत पुगेका छन । उनीहरुले आफु खोजतलासमा गएको फोटो र भिडियो समेत प्रहरी चौकीमा रिर्पोट गर्ने गरेका छन ।

    यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

    बागेश्वरी मन्दिरको पार्किङ परिसरमा मेला लगाउनु प्रति तपाईंको राय के छ ?





    Translate »