५ असार, दैलेख । दैलेखमा उकालो बाटोमा सवारी धुन खोज्दा सोहि जिपमा च्यापिदा चालकको मृत्यु र सहचालक घाईते भएका छन ।
मंगलबार बेलुका महाबु गाँउपालिका-०६ फुम्ली डाँडास्थित भित्रि सडक खण्डमा महाबु बाहुनथाना आउदै गरेको भे १ च ३६०६ नं को जिप सडकको उकालो भागमा रोकि गाडि धुने क्रममा उक्त सवारी ब्याक भएको जिल्ला ट्राफिक कार्यालय दैलेखले जनाएको हो ।
Advertisement
सवारी चालक तथा सवारी धनि २५ वर्षिय चन्द्र काफ्ले च्यापिन जाँदा घाईते भएका उनको उपचारको लागि जिल्ला अस्पताल दैलेखमा लगेको र थप उपचारको लागि सुर्खेत ल्याउदै गर्दा आज विहान करिब २ बजेको समयमा चालकको मृत्यु भएको प्रहरीले जनाएको हो ।
घाईते सहचालक १६ वर्षिय विकास शाहीलाई थप उपचारको लागि कणर्ाली प्रदेश अस्पताल कालागाऊ लगिएको ट्राफिक प्रहरीले जनाएको हो ।
टिप्पणीहरू